महाधिवेशन मिति तयवारे देउवा समूह विभाजित, दुवै पक्ष आन्तरिक छलफलमा

काठमाडौं । महाधिवेशनको मिति तय’bout काँग्रेसका संस्थापन पक्षका नेताहरू नै विभाजित भएका छन्। महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवाद चर्किएपछि सभापति शेरबहादुर देउवा निकट नेताहरू नै विभाजित बन्न पुगेका हुन्।

केन्द्रीय समिति बैठकको अघिल्लो दिन दुवै समूह बेग्ला बेग्लै आन्तरिक छलफलमा जुटेको छन्। चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा उभिएका नेताहरू बानेश्वरमा छलफलमा छन्।

चुनावअघि नै महाधिवेशन गर्नुपर्ने माग राख्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको शेखर समूह अहिले कुपन्डोलमा छलफलमा जुटेका छन्।

महाधिवेशनको मिति’bout पेचिलो बनिरहेको बेलामा भोलि दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको छ। बैठकअघि इतर पक्षले पनि नियमित महाधिवेशनको सम्भावना टर्दै गएकाले विशेष महाधिवेशनको पक्षमा निर्णय गराउन दबाब बढाइरहेको छ।

सिंगापुरबाट फर्किएका सभापति शेरबहादुर देउवा पनि आफूनिकट नेताहरूसँग परामर्शमा छन्। कावा दिएकाले बैठकमा नजाने भए पनि पार्टीका नेताहरूलाई निवासमै बोलाएर देउवा निरन्तर संवादमा छन्।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

२४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा, त्यसपछि दोलखा