डडेल्धुरा । स्वास्थ्यकर्मीको परिचय बोकेर हिँड्ने दुई युवा पक्राउ गरेका छन् । लकडाउनको समयमा सवारी चेकचाज गर्ने क्रममा प्रहरीले दुई जनालाई नक्कली परिचयपत्र सहित पक्राउ गरेको हो ।
धनगढीबाट अछाम जान लागेका अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जित बहादुर साउदलाई डडेलधुराको स्याउले बजारमा पक्राउ गरेको थियो ।
अर्कै स्वास्थ्यकर्मीको कार्ड बोकेको भेटिएपछि पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 509 times, 1 visits today)






