आज सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा दुई लाख ४१ हजार सात सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार १३५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा तीन हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरमा महेश बस्नेतलाई रातो मसी छ्याप्ने को ?