काठमाडौं । ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न भएको छ । बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक ओमप्रकाश राईको सभा अध्यक्षतामा नेपाल चलचित्र विकास वोर्डको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
समारोहमा वरिष्ठ संचारकर्मी शिरोमणी दवाडीलाई ३० वर्ष संचार क्षेत्रमा योगदान पुर्याए बापत राष्ट्रिय सिर्जनशील सञ्चारकर्मी सम्मान प्रदान गरियो । युवा साहित्यकार भिष्मराज फुलारालाई राष्ट्रिय साहित्य रत्न सम्मान प्रदान गरियो ।गायक शीव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मानले सम्मानित गरिएको थियो ।
डा. सूर्यबहादुर मगर, राष्ट्रिय संगीत व्यवसायी सम्मान,राजेन्द्र बजगाई, राष्ट्रिय संगीत एवम् कला रत्न सम्मान, देवेन्द्र पाण्डे, राष्ट्रिय संगीत तथा कला सम्मान प्रदान गरिएको थियो । वरिष्ठ कलाकार हरिहर शर्माले कलाको सम्मान र प्रतिभा पहिचानले सिर्जनात्मक कार्यलाई प्रोत्साहन मिल्ने बताए ।
कलाकार राष्ट्रका पहिचान भएकाले सरकारले पनि कला क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सर्जकहरूलाई दोश्रो ओप्सना फिल्मस अवार्ड २०८२ प्रदान गरिएको थियो ।
सम्बन्धित समाचार
प्रविन बज्राचार्यको ‘सालघारी बनमा’ सार्वजनिक
छायांकनमा आठ घण्टा मात्र काम गर्ने दीपिकाको अडान
निर्देशक विक्रम भट्टविरुद्ध ३० लाख ठगीको मुद्दा
चलचित्र निर्माता संघमा नयाँ कार्यसमिति चयन
सहायक निर्देशकबाट अभिनयमा उत्रेका यी स्टार अभिनेता
राष्ट्रिय सभामा चलचित्र विधेयकमाथि बहस सुरु
चम्किन सकेन अजय देवगनको ‘दे दे प्यार दे २’
आफ्नै घरमा मृत भेटिए निर्माता एवम् सञ्चार उद्यमी दीपेन्द्र






