मेयर बालेनलाई पितृशोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण साहको निधन भएको छ । सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

नोटः यसअघि समाचारसँग असम्वन्धित गलत तस्विर प्रयोग भएकाले तस्विर प्रयोगमा भएको असावधानीका कारण सम्वन्धित पक्षलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै सच्याइएको छ । (सम्पादक)

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल