लुम्बिनीको प्लेअफ सम्भावना बढ्दै

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । बुधबार विराटनगर किंग्समाथि ५ विकेटको महŒवपूर्ण जितसँगै लुम्बिनीले शीर्ष ४ भित्र रहेर प्लेअफमा स्थान बनाउने सम्भावना बढाएको छ । विराटनगरले दिएको १ सय ४५ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेटको क्षतिमा पूरा ग¥यो ।

जितसँगै शीर्ष ४ मा परेर प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको लुम्बिनीले ६ खेलमा ३ जित निकाल्दै ६ अंक जोडेको छ । यस नतिजासँगै लुम्बिनी चौथो स्थानमा उक्लिएको छ ।

यता, अन्तिम खेलअघि ४ खेलमा जित र ३ खेलमा पराजय भोग्दै ८ अंक भएको विराटनगरले प्लेअफमा पुग्न अझै कुर्नुपर्ने भएको छ ।

अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्स र विराटनगरले सुदूरपश्चिम रोयल्ससँग खेल्दै छन् । अन्तिम खेलमा लुम्बिनीका लागि प्लेअफ पुग्न जित आवश्यक छ । तर, विराटनगरको भने हार बेहोरे पनि प्लेअफमा जाने सम्भावना यथावतै छ ।

पोखरा र चितवनको पनि ४–४ अंक रहेको छ । जनकपुरको झिनो आस रहँदा कर्णाली भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

लुम्बिनीको जितमा ओनपर डार्सी सर्टले अर्धशतक प्रहार गरे । उनले ४४ बलमा ५७ रन बनाए । जसमा उनले ६ चौका र २ छक्का प्रहार गरे । उनी सन्दीप लामिछानेको बलमा आउट भए । अर्का ओपनर सुमित महर्जन भने १० रनमा आउट भए । ११ बलमा १ चौकासहित १० रन बनाएका सुमित सुवास भण्डारीको बलमा आउट भए । कप्तान रोहितकुमार पौडेल बिनाकुनै रन डकआउट भए । सुमित र रोहित पौडेल दुवैलाई विराटनगरका सुवास भण्डारीले एकै ओभरमा आउट गरेका थिए । उनले पाँचौं ओभरको पहिलो बलमा सुमितलाई विकेटकिपर साहिल पटेलबाट स्टमपिन गराउँदा चौथो बलमा फाप डु प्लेसिसबाट क्याच आउट गराए । यसपछि तेस्रो विकेटका लागि सर्ट र सन्दीप जोराले ३६ रनको पार्टनरसिप गरे । जोरालाई विराटनगरका कप्तान सन्दीप लामिछानेले १०औं ओभरको दोस्रो बलमा एलबीडब्लूको धरापमा पारे ।

निशोसन डिक्वेलाले आक्रामक ब्याटिङ गर्दै चौथो विकेटका लागि सर्टसँग ४६ रनको पार्टनरसिप गरे । सर्टलाई सन्दीपले १४औं ओभरको दोस्रो बलमा बाउन्ड्रीमा लोकेश बमबाट क्याच गराए । दिलीप नाथ १२ बलमा १६ रन बनाएर आउट भए भने डिक्वेलाले २२ बलमा नटआउट २९ रन बनाए ।

बलिङतर्फ विराटनगरका सुवास भण्डारी र सन्दीप लामिछानेले २–२ विकेट लिए । ४ ओभर बलिङमा सन्दीपले २० रन तथा भण्डारीले ३० रन खर्चिए । अर्को १ विकेट बसिर अहमदको नाममा रह्यो ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १ सय ४४ रन बनायो ।

ओपनिङ खराब भएको विराटनगरका लागि लोकेश बलमे ३५ रन, साम हेजलेटले २७ रन तथा बासिर अहमदले २८ रनको योगदान दिए । ओपनर जर्ज मुन्सेलाई लुम्बिनीका शेर मल्लले दोस्रो बलमै एलबीडब्लू आउट गरे ।

ओपनिङमा आएका दक्षिण अफ्रिकी खेलाडी फाप डु प्लेसिसले १२ रन मात्र बनाउन सके । उनी तेस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका स्पिनर अभिशेष गौतमको बलमा विकेटकिपर निशोसन डक्वेलाबाट स्टमपिन भए । डेब्यु खेलाडी डु प्लेसिसले ९ बलमा २ चौका प्रहार गरेका थिए ।

साम हिजलेट र लोकेश बमले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । जेजे स्मिथबाट कट एन्ड बोल्ड भएका बमले ४२ बल खेलेर २ चौका र २ छक्का प्रहार गर्दै ३५ रन जोड्न सके । त्यसपछि १४औं ओभरमा नारायण जोशीलाई शेर मल्लले एलबीडब्लूको धरापमा पारे । जोशीले मात्र ५ रन बनाए ।

श्ोर मल्लले हिजलेटलाई दिलीप नाथबाट क्याच गराए । हिजलेटले २० बलमा १ चौका र २ छक्काको मद्दतमा २७ रन बनाए । प्रतिश जिसी ११ रनमा रनआउट भए । अन्तिम ओभरमा २८ रन जोडेर आउट भएका बासिरले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे । उनलाई ट्रम्पलम्यानले अन्तिम ओभरको दोस्रो बलमा तिलक भण्डारीबाट क्याच गराएका थिए । मस्र्याङ डी लाङले नटआउट १० रन जोड्दा अन्तिम १ बल खेलेका कप्तान सन्दीप लामिछानेले १ बलमै छक्का प्रहार गरे ।

बलिङतर्फ शेर मल्लले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । यस्तै जेजे स्मिथ, अभिशेष गौतम र ट्रम्पलम्यानले १–१ विकेट हात पारे ।

बिहीबार (आज) एनपीएलमा २ खेल हुँदै छन् । पोखरा एभेन्जर्स र काठमान्डु गुर्खाज बिहान पौने १२ बजे तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दिउँसो ४ बजे खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन गैरकानुनी भन्दै स्थानीय युवाको विरोध प्रदर्शन