महभिर झरनाः पर्यटकको मन रमाउने जलधारा

भोजपुर । महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । भोजपुरको टेम्कमैयुङ गाउँपालिका –४ मा पर्नेे झरनाको संरक्षण तथा विकासका गरिएसँगै पर्यटकको रोजाइको गन्तव्य बनेको हो ।

मुन्दुम पदमार्ग क्षेत्र चखेवाबाट नजिकै रहेको यो स्थान घुम्न आउनेहरुका लागि मनोरञ्जन स्थल बनेको छ । सडकको सहज पहँुच भएसँगै पर्यटकहरुको आवगमन बढेको टेम्केमैयुङ ४ का वडाध्यक्ष हर्कराज राईले बताए । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक दर्जनाँै मानिसहरु झरनामा रमाइलो गर्न पुग्ने गरेका छन् । यो आर्थिक वर्षमा पनि आवश्यक संरक्षण तथा विकासका लागि आठ लाख बजेट विनियोजन भएको वडाध्यक्ष राईले बताए ।

‘महभिर झरना हाम्रो वडाको महत्वपूर्ण पर्यटकीय स्थल बनेको छ’वडाध्यक्ष राईले भने,‘यहाँको संरक्षण तथा विकास गरिएसँगै यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । अझै पनि यसको विकासको लागि काम भइरहेको छ ।’

विषेश गरेर गर्मीको समयमा धेरै पर्यटकहरुको जमघट गरेको छ । शनिबार र अन्य विदाको समयमा मानिसहरु विभिन्न ठाउँबाट घुम्न आउने गरेको स्थानीयको भनाइ छ। यो झरना ६० मिटर अग्लो छ । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ ।

गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए । सदरमुकामबाट नजिकको गन्तव्य रहेकोले यहाँ मानिसहरुको जमघट हुने उनको भनाइ छ ।

महभिर झरनालाई पर्यटकिय क्षेत्रको रुपमा स्थापित गराउने उद्धेश्यका साथ विगतबाट नै विकासको काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । टेम्केमैयुङ प्राकृतिक श्रोत तथा पर्यटकिय क्षेत्रको धेरै सम्भवना भएको गाउँपालिका रहेकोले यसलाई पर्यटनसँग जोडेर भावी योजनालाई अगाडी बढाइएको उपाध्यक्ष राईले जानकारी दिइन् ।

महभिर झरनासँगै गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको विकासमा प्राथमिकताको साथ काम भईरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवगमनको लागि काम गर्ने योजना रहेको अध्यक्ष बस्नेतको भनाइ छ । कृषि र पर्यटनलाई गाउँपालिकाको दिगो आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएर सोहि अनुसार गाउँपालिकाले लगानीमा जोड दिएको उनको भनाइ छ ।

भोजपुर–चखेवा मध्य पहाडी लोकमार्गबाट नजिकै रहेको यो झरना भोजपुर सदरमुकामबाट करिव २९ किलोमिटर दुरीमा अवस्थित छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन