दुर्गममा स्वास्थ्य शिविरः तीन सय ७५ विरामीले पाए सेवा

१ र २ कालीकोटको नरहरिनाथमाशनिवार सुरु भएको किशोर किशोरी तथामहिलाहरुकालागि यौन तथाप्रजनन् स्वास्थ्यशिविरमाआएकासेवाग्राहीहरु । तस्विर : बिश्वनाथ सिम्खाडा

कालिकोट । दुर्गम नरहरिनाथ गाउ पालिकामा संचालित दुई दिने यौन तथा प्रजनन् स्वास्थ्य शिविरमा ३ सय ७५ जनाले सेवापाएका छन् । महिलातथा किशोर किशोरीलाई लक्षित गरेर शनिवार सुरु भएको शिविरमा आइतवार बेलुकीसम्म १ सय २४ किशोरी, ५५ किशोर, १ सय ५६ महिला र ४० पुरुष गरी ३ सय ७५ जनाले सेवालिएको योगी नरहरिनाथआधारभूत अस्पताल कुमालगाउले जनाएको छ ।

शिविरमा नजिकको कुमाल गाउँका विरामी बढी आए पनि टाढाका गाउ वस्तीहरु कोटवाडा, लालु, माल्कोट र रुप्साबाट ४,५ घण्टा पैदल हिडेर सेवाग्राही आए ।

शिविरमा महिनाबारीको बेला किशोरीको तल्लो पेट दुख्ने, महिलाहरुमा पाठेघर खस्ने, पिसाव नलीमा संक्रमण, सेतो पानीबग्ने, तल्लो पेट दुख्ने विरामी धेरै आएको जिल्ला अस्पताल मान्मबाट शिविरमा खटिएका डा. दर्शनराज पाण्डेले बताए । दुर्गमको शिविरबाट किशोरकिशोरी खुशी देखिए । जिल्ला अस्पतालको एकद्वार संकट ब्यवस्थापन केन्द्र प्रमुखसमेत रहेका डा. पाण्डेले भने पाठेघर खसेका १५ जनामहिला भेटिए । उनकाअनुसार ४ जना पाठ्यघर खसेका महिलालाई रिग राखिएको छ भने किशोरीलाई महिनावारी स्वच्छता, डर चिन्ता’bout परामर्श दिइएको छ ।

शिविरमा आएका ९ वटा जटिल केस पनि पत्ता लगाएर रेफर गरिएको डा. जितेन्द्र महतोले बताए । शिविर यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी भएपनि आखा, नाक, हाडजोर्नी, बाथरोग, दमका विरामी पनि आएको उनले सुनाए । विरामीलाई निःशुल्क औषधी सहित परामर्श सेवादियौ । उनले भने पाठ्यघर खस्ने,बालविवाह मापरेर कम उमेरमा गर्भधारण गरेका, कुपोषणमा परेका किशोरी तथा महिलाले बढी लाभ लिए ।

महिनाबारीको बेला तल्लो पेट दुख्ने समस्या लिएर शिविरमा पुगेकी किशोरी सुनिता रोकाया (नाम परिवर्तन) ले शिविरमा आएकी महिला स्वास्थ्यकर्मीले सुझाव सल्लाहसहित परामर्श र निःशुल्क औषधी पाएको प्रतिक्रिया दिइन् ।

शिविरमा स्वास्थ्य परिक्षण, निशुल्क औषधी वितरण, मानसिक समस्या भएका विरामीलाई परामर्श सेवाप्रदान गरिएकाे नरहरिनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीले बताए । किशोर किशोरीलाई सही परामर्श र बेलैमा उपचार गर्न सके बढ्दो निराशा कम गर्न सकिन्छ । उनले भने ‘बालविवाहसँगै कम उमेरमा गर्भवती हुने, पाठ्यघर खस्ने समस्या कम गर्न पनि शिविर महत्वपूर्ण रहयो ।उनले नरहरिनाथमा २० प्रतिशत कम उमेरका किशोरी गर्भवती रहेको सुनाए ।

किशोर किशोरीका लागि परामर्श सहितको स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण, निःशुल्क औषधी वितरण र जटिल अवस्थाका विरामीलाई पे्रषण गर्न जिल्ला अस्पताल मान्मकोे एकद्धार संकट ब्यवस्थापन केन्द्रका डा. दर्शनराज पाण्डे, डा. जितेन्द्र महतो, डा. शिवनाथ यादव, स्वास्थ्यकर्मीहरु राधिका शाही महत, संगिता शाही लगायत १५ जना खटिएका थिए ।

कलिलैमा बिहे गर्ने र गर्भवतीभएर बच्चा जन्माउन नसकी मृत्युवरण गर्न बाध्य महिला दिदी बहनीलाई शिविर उपयोगी हुने गाउपालिकाका जनस्वास्थ्य अधिकृत सिर्जना महतले बताइन् । उनले शिविरमा आएका महिला तथा किशोर किशोरीले परामर्श पाएको सुनाइन् ।

शिविरमा नरहरिनाथका किशोर किशोरीले लैगिंक हिंसा, यौन दुब्र्यवहार र पीडितले न्याय नपाउने अवस्था’bout सडक नाटकमार्फत सचेतीकरण गरे ।

गाउमा संचालन भएको शिविरमा रोग लुकाएर बसेका दिदी बहिनीले उपचार पाउने बताउदै गाउपालिका उपाध्यक्ष कमलकुमार शाहले शिविर निकै उपयोगीभएको बताए । प्लान इन्टरनेश्नल र किर्डाक नेपालको साझेदारीमा संचालित सशक्तबालिका परियोजनाको सहकार्यमा नरहरिनाथ गाउँपालिकाको आयोजनामा शिविर संचाल नभएको परियोजना संयोजक बलिराज शाहीले बताए । उनका अनुसार प्लानले बालबालिका, किशोरकिशोरी, युवामहिला, स्पोन्सरसिप बालबालिका सहित शिक्षा, बाल संरक्षण, प्रारम्भिक बालविकास र पोषण, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, विद्यालय खानेपानी तथा सरसफाई लगायतका क्षेत्रमा काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

बलिङ चम्किँदा यूएईमाथि नेपालको ३७ रनको जित