‘हामीले अमेरिकामा कुनै व्यवसाय सुरु गरेको छैनौं’

काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले छोरी सुविहानीको उपचारका लागि परिवारसहित अमेरिका गएको बताएका छन् । अमेरिका पलायन भएको भन्दै आएका खबर’bout कलाकार दम्पतीले सामाजिक सञ्जालमार्फत प्रस्ट पारेका हुन् ।

उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो बकपत्र जारी गर्दै अमेरिकामा आफूहरूले कुनै व्यवसाय सुरु नगरेको र भ्रमको खेती गर्नेलाई धन्यवाद बाहेक कुनै शब्द आफूहरूसँग नरहेको बताए ।

उनले लेखेका छन् ‘हामी अमेरिका आएको विषयलाई लिएर भ्रामक प्रचारबाजी र हल्लाको व्यापार पनि सुरु भइसकेछ । जुन कुरा हामी सार्वजनिक गर्ने नै थियौँ । अहिले हामी नितान्त छोरीको उपचारमा केन्द्रित थियौँ । छोरीको उपचारको प्रक्रिया पनि सुरु भएको छ, हामी निरन्तर अपडेट पनि गर्नेछौ । न त हामीले अमेरिकामा कुनै व्यवसाय सुरु गरेको छौ न त कुनै लगानी नै छ । भ्रमको खेती गर्नेलाई धन्यवाद भन्नुबाहेक हामीसङ अरू कुनै शब्द छैन । अतः भ्रामक प्रचारबाजी र हल्लाको पछि नलागी दिनुहुन सबैलाई विनम्र अनुरोध गर्दछौँ ।

उनीहरूले भ्रामक प्रचार नगर्न र नपत्याउन आग्रह गरेका समेत गरेका छन् । उनीहरूले रङ्गशालाको समस्याबाट मुक्ति दिएर कलाकारितामा फर्किने वातावरण सिर्जना गरिदिन राज्यलाई आग्रह गरेका छन् ।

वक्तव्यमा लेखिएको छ ‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात् नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात् हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौँ । तर, रङ्गशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो । हाम्रो यति चाहना छ, कि रङ्गशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस् ।’

उनले रङ्गशालाको दलदलबाट बाहिर निस्किएर मात्र हामी छोरीको उपचारका लागि अमेरिका जान चाहेको तर भरतपुर महानगरपालिका र संघीय सरकारलाई छोरीको उपचारको लागि बाहिर जानुपर्ने भएकाले छिटो यो भारीबाट मुक्ति दिलाईदिनुस भनेर पटपकपटक अनुरोध गरे पनि पनि कुनै उपाय नलागेको बताए ।

‘निराशा मात्र हात पर्‍यो । त्यसैले हामी छोरीको ज्यान जोखिममा नपरोस् भनेर समस्यालाई थाँती राखी अहिले अमेरिका आउन बाध्य बन्यौँ । यो बाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु ।’ लेखे ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो