पोखरा रोयल वित्तीय कारोबारको इजाजतपत्र पाउने पहिलो संस्था

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था वित्तीय कारोबारको इजाजतपत्र पाउने पहिलो संस्था बन्न सफल भएको छ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुले वित्तीय कारोबारका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था बमोजिम पोखरा रायलले पहिलो इजाजतपत्र लिएको हो ।

प्राधिकरणले गत १० मंसिरदेखि बचत ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीका लागि अनलाइन अभिलेखीकरण कार्य सुरु गरेको थियो ।

प्राधिकरणले बुधबारबाट इजाजतपत्र जारी गर्न सुरु गरेको हो ।

सहकारी दर्ता पोर्टलमा हालसम्म १ हजार १ सय ६० सहकारी इन्ट्री भए तापनि १ सय १३ वटा सहकारीले सम्पूर्ण प्रक्रिया पूरा गरेको र ती संस्थाहरुको क्रमशः इजाजतपत्र अनलाइन सिस्टमबाटै जारी हुने जनाइएको छ ।

तीमध्ये गण्डकी प्रदेशबाट मात्रै १७ वटा सहकारीले दर्ता प्रक्रिया पूरा गरेको सहकारी नियमन प्राधिकरण अध्यक्ष खगराज शर्माले बताए ।

पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल सहकारी २०५९ सालमा स्थापना भएको हो । सहकारीका हाल दुलेगौंडा, भण्डारढिक र मोहरियामा पनि सेवा केन्द्र सञ्चालित रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए ।

उनका अनुसार सहकारीका १० हजार ४ सय सदस्य छन् भने २ अर्ब ६५ करोड बराबरको बासलात छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलमा सट्टेबाजी गर्ने युवक पक्राउ