धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ स्थित जिरो प्वाईन्टमा खाद्यान्न बोकेको ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान ट्रक अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो ।
सुनसरीको धरानबाट चामल र भुस लिएर धनकुटाको हिलेतर्फ जाँदै गरेको ना ७ ख ११६१ नम्बरको मालवहाक ट्रक अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिए। उनका अनुसार गुडि रहेको ट्रक अनियमित हुँदा सडकबाट करिब १० मिटर तल पल्टिएर दुर्घटना भएको हो।
गुडिरहेको ट्रकको स्टेरिङ लक भएपछि अनिन्त्रित भएको हो। ट्रकमा रहेका चालक र सहचालक दुवै सकुसल रहेको र घटना ’bout थप अनुसन्धान भइ रहेको प्रहरीको भनाइ रहेको छ।
तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)
सम्बन्धित समाचार
महभिर झरनाः पर्यटकको मन रमाउने जलधारा
भोजपुरका ८७ मध्ये ३३ वटा मतदान स्थल अतिसंवेदनशील
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
धनकुटाका पत्रकारलाई शेयर बजार र बित्तीय साक्षरता तालिम
डोकेनीको तालमा याक्खा संस्कृतिः चासुवा तङ्नाम पर्व
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
नेत्रज्योति संघ धनकुटाको १५ औँ साधारणसभा सम्पन्न
सुन्दरहरैंचाको विद्यालयमा खानेपानी तथा शौचालय निर्माण






