मलेरिया समयमै रोकथाम गर

रोजगारका लागि मुगलान गई दुईचार पैसा कमाएर आउँदा नेपालीले मलेरिया रोगलाई थाहै नपाएर आफूसँग उपहारका लिएर आउनाले नेपाल पनि मलेरियाको घर बन्न पुगेको छ । यो रोग रोजगाररूपी सिक्काको अर्को पाटोका रूपमा रहेको छ । चर्को ज्वरो नै प्रमुख लक्षणका रूपमा देखिने यो रोग लाम्खुट्टेबाट सर्ने र रगतमा यसको असर रहने भएकाले भारतबाट नेपालमा फर्केर आउने श्रमजीवी नेपालीसँगै एकाकार भएर भित्रिन्छ । भारतमा रोजगारीका लागि निर्विकल्पजस्तो मुगलानको रोजाइ सुदूरपश्चिम र कर्णाली प्रदेशमा देखिएको छ । युवा तथा अन्य उमेर समूहका लागि रोजगारीको मुख्य गन्तव्य रहेको मुगलान भित्रन हिउँद लाग्दै गर्दा मुगलानियाँको ताँती लाग्छ । वर्षा अगावै र दसैंतिहारजस्ता पर्वको आगमनसँगै ती मुगलानियाँको घर फिर्तीको ताँती पनि उत्तिकै लाग्ने गरेको हुन्छ । यसका पछाडि कर्णाली, सुदूरपश्चिम तथा नेपालका अन्य क्षेत्रमा बसोबास गरिरहेका नेपालीको गरिबीले काम गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली, कम उब्जाउ हुने जमिन, कृषि उत्पादनमा सरकारको उपेक्षा तथा आधुनिक खालका मल, बीऊ, प्रविधि र चेतनाको अभावका कारण पनि मुगलानियाँ जीवन निकै बाध्यात्मक बन्न पुगेको छ ।

विदेशमा केही थोरै पैसा भए पनि कमाएर ल्याउँदा घरपरिवारको आर्थिक गर्जो त टर्नेगर्छ, तर पैसा लिएर आउँदा त्योसँगै मलेरियाजस्ता रोगहरू पनि आउने हुँदा त्यसको उपचारका लागि कमाइले पनि नपुग्ने हुनसक्छ । एक त कुल्ली, दर्वान, चौकीदार र झाडुवालको पेसा, त्यसमा पनि आफूले दैनिक खानु र लाउनुपर्ने, आफ्नै मुख काटेर भए पनि जम्मा गरेको केही पैसा लिएर आउँदा रोगका कारण त्यसको पनि सदुपयोग हुन नसक्नुले अर्को पीडा थपिदिन्छ । सुदूरपश्चिम र त्यसमा पनि कर्णाली प्रदेश आफंैमा उच्च महाभारतीय पहाड र हिमाली जिल्ला हुन् । तर, भारतसँगको रोजीरोटी र बारम्बार आउजाउका कारण यी प्रदेश मलेरियाले ग्रस्त हुने गरेका छन् । मलेरिया भित्रिएसँगै कर्णाली तथा सुदूरपश्चिमका स्थानीय जनता चिन्तित र भयभित हुने गरेका छन् । स्थानीय स्वास्थ्यकेन्द्रमा मलेरियाका बिरामी बाक्लै भेटिन थालेपछि यसले कतै गर्मी चढेसँगै विकराल रूप त लिने होइन भनी चिकित्सकलाई अत्याउन थालेको छ । मलेरियाबाट साना बालबच्चादेखि बूढापाकासम्म संक्रमित भइरहेका छन् । अर्कोतिर मलेरियाका लागि आवश्यक उपचार जिल्लामा हुन सकिरहेको छैन । यसका लागि आधुनिक यन्त्र, दक्ष चिकित्सक, रोग जाँचका लागि ल्याब पनि प्राप्य छैनन् । ठूला सहरमा रहेका अस्पताल र राजधानी सहरमा रहेका आधुनिक उपचार केन्द्र स्थानीय जनताको पहुँचभन्दा निकै टाढा छन् ।

हिउँदको चिसो वातावरण रहिरहेकै बेला मलेरियाका बिरामी बाक्लै भेटिन थालेपछि यो रोग बस्तीमा नफैलियोस् भनेर संक्रमितका परिवार तथा छिमेकीलाई समयमा अस्पताल पुगेर जाँच गराइ ढुक्क हुन सन्देश दिन थालिएकाले बस्ती नै आतंकित हुने अवस्थामा पुगेका छन् । सुरुको सतर्कताले नै आतंक निम्त्याउन थालेपछि अहिले ती गाउँ बस्तीमा उच्च प्रविधि र दक्ष चिकित्सकको टोली केन्द्रबाटै समयमै पठाउनुपर्ने आवश्यकता देखिएको छ । एकातिर कोरोना भाइरसको संक्रमण कुन बेला हुने हो भनी जगजगी भइरहेका बेला कर्णाली तथा सुदूरपश्चिममा फैलँदै गरेको मलेरिया रोगलाई समयमै रोक्न जरुरी छ । यसका लागि तिनै तहका सरकारले संयुक्त रूपमा समन्वात्मक पहल यथासमयमै गर्नु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार