गाउँपालिकाद्वारा घरमै बसेर अध्ययन गर्न मिल्ने सामाग्री वितरण

बागलुङ । लकडाउनको कारण लामोदेखि शैक्षिक संस्था बन्द भएपछि बागलुङको काठेखोला गाउँपालिकाले बालविकास केन्द्रदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई घरमा बसेर अध्ययन गर्न मिल्ने पुस्तक वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुक बन्दबन्दीमा रहेकाले विद्यालयहरु नखोल्दा यस वर्षको शैक्षिकसत्र सुरु हुन नपाएको अवस्थामा विद्यार्थीहरुलाई अभिभावकको सहयोगमा घरमै बसेर अध्ययन गर्न मिल्ने पुस्तक वितरण गरेको हो ।

गाउँपालिकाले हाल बन्द भएका ५६ सामुदायिक विद्यालय र ४२ वटा बालविकास केन्द्रमा रहेका ३ कक्षासम्मका १ हजार ६ सय ११ जना बालबालिकाको लागि घरमा बसेर अध्ययन गर्न मिल्ने अध्ययन सामाग्री वितरण गरेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए ।

उनले बालबालिकाहरु घरमा बसिरहँदा अध्ययनमा समस्या भएकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशन गरेको अभिभावकहरुको सहयोगमा बालबालिकाको लागि घरमा नै गराउन सकिने सिकाई क्रियाकलाप सम्बन्धी पुस्तक वितरण गरिएको बताए । अध्यक्ष थापाले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई उक्त पुस्तक बमोजिम अध्यापन गराउन अनुरोध गरेका छन् ।

लकडाउनको समयावधि थप हुँदै जाँदा बालवालिकामा पढ्ने बानि हराउँदै जाने हुँदा साक्षर अभिभावकले पनि सहजिकरण गर्न सक्ने पाठ्य सामाग्री वितरण गरेको अध्यक्ष थापाको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा