‘बाबा’को पुस्तक मोह

सप्तरी । पुस्तक किनेर पढ्ने परिपाटी घट्दै गएको समयमा पनि सप्तरीका एक “बाबा” पाठक चाही उदाहरण बन्दै गएका छन । सप्तरीको तिलाडी कोइलाडी गाउँपालिका १ लक्ष्मी टोल निवासी ५६ वर्षिय बाबा नामले चर्चित अशोक कुमार यादव नियमित रुपमा पुस्तक किनेर अध्यन गर्दै आएका हुन । अध्यात्मतीर लागेका जोगि (बाबा) को रुपमा रहने गरेका उनी अहिले सम्म अविवाहित नै छन ।

घरका ज्येस्ठ सुपुत्र रहेका उनका २ भाइ छन । दुबै भाईको विवाह भईसकेको छ । बुवा मुगा लाल आमा दयावती तथा भाईहरुले दिने पकेट खर्च तथा श्रद्धालु भक्तजनहरुले स्वेच्छाले दिने सानोतिनो आर्थिक सहयोग रकमले पृुस्तक किनेर पढने गरेका उनी बताउँछन ।

गाउँ कै पब्लिक माध्यमिक विद्यालय तिलाठीबाट माध्यमिक स्तर सम्मको पढाइ गरेका उनलाई धार्मिक संगै राजनितिक र साहित्यीक लगायतका विद्याका पुस्तक अध्यनमा उत्तिकै रुची रहेको छ । अंगे्रजी भाषामा लेखिएका विभिन्न विद्वानका जीवनी सम्बन्धी पुृस्तक किनेर पढ्ने गरेका उनको रोजाईमा मातृभाषा मैथिली, नेपाली, हिन्दी भाषाका पुस्तकहरु समेत पर्ने गरेको साहित्यीक संस्था साझा प्रकाशन शाखा कार्यालय राजविराजका कर्मचारी राजेश कुमार झा बताउँछन । उनका अनुसार अशोक (बाबा) ले महिनाको सरदर ३–४ वटा पुस्तक किनेर लाने गरेका छन ।

आर्थिक अवस्था कमजोर भएका अशोक (बाबा) ले आफुले सहयोगबाट संकलन गरेको रकम अन्य कुरामा खर्च गर्नू भन्दा पुस्तक किनेर पढन मै लगाउदा विशेष आनन्द मिल्ने गरेको सुनाउँछन । उनी भन्छन–“पुस्तक पढदा ज्ञान प्राप्त हुन्छ, र ज्ञान प्राप्त भएपछी अरुलाई ज्ञान बाँडन पनि सहज हुन्छ ।”

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न