गगन थापा भन्छन्: पुसभित्रै विशेष महाधिवेशन हुन्छ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेसँगै महामन्त्री गगन थापाले पुसभित्रै विशेष महाधिवेशन गर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले बहुमतबाट महाधिवेशनको कार्यतालिका पारित भए पनि विधानअनुसार विशेष महाधिवेशन हुनैपर्ने बताए ।

विधानलाई आफूखुसी व्याख्या गर्न नमिल्ने उल्लेख गर्दै थापाले विशेष महाधिवेशन’bout औपचारिक निर्णय अनिवार्य रहेको जिकिर गरे। “मन लागेको विषयमा विधान हेर्ने र मन नलागेको विषयमा नहेर्ने हुँदैन,” उनले भने, “एक–दुई दिनभित्र केन्द्रीय कार्यसमितिको बैठक बोलाएर विशेष महाधिवेशनको निर्णय गर्नुपर्छ ।”

केन्द्रीय कार्यसमितिले निर्णय नगरे आफूले विधानअनुसार आफ्नो अधिकार प्रयोग गरी विशेष महाधिवेशन गर्ने थापाको भनाइ थियो । महामन्त्री भनेको कांग्रेसको केन्द्र भएकाले त्यसका आधारमा विशेष महाधिवेशन आयोजना गर्ने उनले स्पष्ट पारे ।

विधानअनुसार महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरिसकेको भन्दै थापाले केन्द्रले त्यसअनुसार निर्णय गर्नुपर्ने बताए । “म टुलुटुलु हेरेर बस्दिनँ, विधानको धारा अनुसार अघि बढ्छु,” उनले भने ।

एकदुई दिन केन्द्रीय कार्यसमितिको निर्णय कुर्ने बताउँदै महामन्त्री थापाले देशभरका महाधिवेशन प्रतिनिधिलाई पुस मसान्तभित्र विशेष महाधिवेशनका लागि काठमाडौं आउने तयारी गर्न आह्वानसमेत गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग