विल स्मिथमाथि भायोलिन वादकको यौन उत्पीडन र बर्खास्ती मुद्दा

लस एन्जलस । ‘ब्याड ब्वाइज’ र ‘मेन इन ब्ल्याक’ जस्ता सुपर हिट चलचित्रहरूबाट लोकप्रियता हासिल गरेका हलिउड अभिनेता विल स्मिथ यति बेला कानुनी समस्यामा फसेका छन् । उनी माथि यौन उत्पीडनको दोष लागेको छ । उनका पूर्व भायोलिनवादक साथीले स्मिथ विरुद्ध यौन उत्पीडन सहित धेरै गम्भीर आरोप लगाएर मुद्दा दायर गरेका छन् ।

अहिले उनीमाथि परेको यो मुद्दा सनसनी बनेको छ । अभिनेता विल स्मिथको ‘बेस्ड अन अ ट्रु स्टोरी २०२५’ भ्रमणका एक भायोलिन वादकले हलिउड स्टार स्मिथ र उनको व्यवस्थापन कम्पनीमाथि दुव्र्यवहार र गलत बर्खास्तीको आरोप लगाएका छन् । भायोलियन वादक ब्रायन किङ जोसेफले यी आरोपहरू लगाएका हुन् ।

समाचार अनुसार ‘बेस्ड अन अ ट्रु स्टोरी २०२५’ भ्रमणको क्रममा ब्रायन किङ जोसेफले स्मिथसँग प्रस्तुति दिएका थिए । उनले यति बेला अभिनेता र उनको व्यवस्थापन फर्म, ट्रेबल स्टुडियो म्यानेजमेन्ट विरुद्ध लस एन्जलस अदालतमा मुद्दा दायर गरेका छन् ।

डिसेम्बर ३१ मा दायर गरिएको यो मुद्दामा गत मार्चमा लस भेगास भ्रमणको बसाइको क्रममा आफूमाथि यौन उत्पीडन, बदला लिने र गलत बर्खास्ती घटना भएको आरोप उनले लगाएका छन् । भेराइटीका अनुसार, जोसेफले उजुरीमा दाबी गरेका छन् कि, जब उनी स्मिथको कम्पनीले बुक गरेको आफ्नो होटलको कोठामा फर्किए, उनले आफ्नो सहमति बिना अरू कोही कोठामा प्रवेश गरेको दाबी गरेका छन् । त्यस अघि पनि आफूमाथि यौनको प्रस्ताव गरिएको उनको अरोप छ ।

उनले सो आरोप पत्रमा एउटा उत्तेजक सन्देशसहित वाइप्स, बियरको बोतल, अर्को व्यक्तिलाई लेखिएको एचआईभी औषधि र अस्पतालबाट डिस्चार्ज गर्ने कागजातहरू फेला पारेका जिकिर गरेका छन् । उनले आफ्नो कोठामा एउटा नोट पनि फेला पारेको उजुरीमा जनाएका छन् । मुटुको चित्र अंकित सो नोटमा यस्तो लेखिएको छ, ‘ब्रायन, म ५ः३० भन्दा पहिले फर्कनेछु, केवल हामी दुई जना मस्तसँग इन्जोय गर्नु पर्छ ।’

सो प्रकरणपछि आफूले तुरुन्तै होटल सुरक्षा र स्मिथको टोलीलाई जानकारी गराएको पनि भायोलिन वादकले मुद्दामा जनाएका छन् । उनले घटनाको ’boutमा गैर–आपत्कालीन प्रहरी हेल्प लाइनलाई पनि रिपोर्ट गरेको प्रमाण बुझाएका छन् । तर भ्रमण व्यवस्थापनले सो घटना नभएको र घटना’bout उनले झूट बोलेको उल्टो आरोप लगाएको जनाएको छ ।

सो घटनापछि उनलाई भ्रमणबाट हटाइँदै गरेको भन्ने खबर व्यवस्थापन टिमबाट गरिएको पनि जोसेफले आरोप लगाएका छन् । यौन उत्पीडनपछि आफ्नो ठाउँमा अर्को भायोलिन वादकलाई तुरुन्तै नियुक्त गरिएको पनि उनले मुद्दामा जनाएका छन् । स्मिथको व्यवस्थापन टोलीको एक सदस्यले घटनाको रिपोर्ट प्रहरीमा गरेको रिसमा जोसेफलाई अपमानित गरेका थिए । त्यसपछि आफूलाई टिमबाट सम्झौता तोडेर बर्खास्त गरिएको स्पष्ट रूपमा उनले बताएका छन् ।

जोसेफले सो मुद्दामा अरू घटनाको ’boutमा पनि दाबी गरेका छन् । नोभेम्बर २०२४ मा दुई जना भेटेपछि, स्मिथले जोसेफलाई बारम्बार यौन चाहना राखेर थप यौन दुव्र्यवहारको लागि तयार पार्न दबाब दिँदै उक्साउने श्रृंखला त्यति बेला नै सुरु गरेको पनि मुद्दामा दाबी गरेका छन् ।

मुद्दाको फाइलिङ अनुसार, भ्रमण अघि स्मिथ र जोसेफले धेरै समय एक्लै बिताएका थिए । त्यसपछि, अभिनेता कथित रूपमा बढ्दो रूपमा हिंसात्मक भएको पनि उनको दाबी छ । ‘तपाईँ र मेरो विशेष सम्बन्ध छ, जुन मेरो अरू कसैसँग छैन’ जस्ता चाहना पनि नायक स्मिथले आफूसँग व्यक्त गरेको उनले बताएका छन् । जोसेफमाथि यौन शोषण गर्ने उद्देश्य राखिएको मुद्धामा जनाइएको छ । जोसेफले आफूमाथि भएको यौन उत्पीडन, बदलाबाट बर्खास्तीको पनि क्षतिपूर्ति दाबी गरेका छन् ।

सो भ्रमणबाट हटाइएपछि आफूले ‘पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर’ (मानसिक यातना) सँगै ठुलो मात्रामा आर्थिक क्षति भोग्नु परेको पनि मुद्दामा जनाएका छन् । उता हलिउड अभिनेता विल स्मितका प्रतिनिधिले अहिलेसम्म आरोप वा मुद्दाको सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् । यस अघि प्रहरीमा उजुरी पर्दा उनीहरुले यसलाई झुठो भनेर खण्डन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

चार प्रदेशका एकदुई स्थानमा हल्का वर्षा