कर्णाली प्रदेश अस्पतालमा थप पाँचको पीसीआर रिपोर्ट पोजेटिभ

तस्विर : कर्णाली प्रदेश अस्पताल सुर्खेत ।

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा थप पाँचजनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप पाँचजनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले बताएको छ । सुर्खेत वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा बसेका थप पाँचजनाको स्वाब रिपोर्ट जाँचगर्दा पोजेटी आएको छ । बाँके बर्दिया र सुर्खेतको नाका बबईमा शनिवार गरिएको आरडीटी परीक्षणमा पोजेटिभ आएका ११ जना मध्यपाँचजनाका रिपोर्ट पीसीआर गर्दा पोजेटिभ देखिएको हो ।

प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको स्वाब पुनःपरीक्षणका लागि नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनिहरु पाँच जना भारतबाट आएका तिवारीले बताए । उनीहरुको स्थायी ठेगाना पहिचान गर्न शुरु गरिसकेको बताइएको छ । नेपालञ्जबाट १२ बजेसम्म पीसीआरको अन्तिम रिपोर्ट आइपुग्ने जनाइएको छ ।

शनिवार भारतबाट आएका तीन जनामा कोरोना पुष्टि भइसकेको छ । यसअघि दैलेख आठविस नगरपालिकाकाएक जनामा कोरोना पुष्टि भएको थियो । कर्णालीमा कोरोना संक्रमितको संख्याचार पुगेको छ । संक्रमित सबैको कोरोना विशेष अस्पताल कालागाउँको आइसोलेशनमा उपचार भइरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रदेश विपद व्यवस्थापन समितिले केन्द्रीय विपद व्यवस्थापन समिति र नेपाल सरकारसँग भारतीय सीमानाकामै परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । सिमानामा रिपोर्ट नेगेटिभ आएकालाई मात्र सम्बन्धित जिल्ला र प्रदेशमा पठाउन अनुरोध गर्ने निर्णय भएको प्रदेश विपद् व्यवस्थापन समितिले जनाएको छ । कर्णालीमा दिनप्रतिदिन संक्रमण बढिरहेका छन् । कर्णालीमा उपचारको समेत राम्रो प्रबन्ध नभएको नागरिको गुनासो निरन्तर छ ।

प्रदेशभर रहेका २७ कोरोना विशेष उपचार केन्द्रमा ५ सय ४० आइसोलेसन बेड रहेका अस्पतालले जानकारी दिएको छ । अस्पतालहरुमा १ सय ५१ कोरोना बिशेष बेड, १७ भेन्टिलेटर र ४० आइसीयू बेड रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 798 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?