कोरोनाले लखेटिएका कर्णालीवासी नाकामा अलपत्र

वीरेन्द्रनगर । भारतबाट नेपाल आउँदै गरेको सयौं कर्णालीवासी सिमा नाकामा अलपत्र परेका छन् । रोजगारको लागि भारतको नैनिताललगायतका विभिन्न स्थानमा गएका नेपाली सिमा नाकामा अलपत्र परेका हुन् । विश्वभर फैलिएको कोरोना भाईरसको त्रास र लकडानले गर्दा नेपाल– भारत सिमा नाकामा समस्या झेलेरै बस्न विवस छन् । एक हप्ता देखि नेपाल–भारत सिमा क्षेत्र वनबासामा दुइ हजारभन्दा बढी नागरिक अलपत्र परेको छन् ।

भारतको चम्फावत जिल्लाको वनवास नजिक रहेको टनकपुरमा पनि सयौं कर्णालीवासी अलपत्र परको सिमामा अड्किएका नेपालीको भनाई छ । टनकपुरबाट भारतको सिमाना बनवासाको दुरी ३ किलोमिटर टाढा रहेको छ ।

सिमा नाकामा नेपालीहरु एक हप्ता देखि भोकभोकै अलपत्र अवस्थामा रहेको कालिकोट सान्नी त्रिवेणी रकुका मोहनराज भट्टले जानकारी दिए । ‘एक हप्ता भईसक्यो घाम र मछडले सताइ सक्यो घर जाँन दिएको छैन्’ भट्टले भने ‘भारतको सुरक्षाकर्मिले गेट बन्द गरेर राखेको छ । म जस्तै मेरो गाउँपालिकाका १५० जना छौ । कर्णालीका त कति छन् अत्तोपत्तो नै छैन् ।’ खान र वस्नभन्दा पनि राम्रोस्रग उभिने ठाउँ नपाएको उनले बताए ।

जंगलको विचमा रहेको एक भवनमा एउटै कोठामा ५० जना सुत्नु परेको उनले बताए । अहिलेसम्म स्वास्थ्य परिक्षण कसैको नगरिएको भट्टको भनाई छ । सिमानामा अलपत्र परेका मोहनराज भट्ट त एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै सयौं कर्णालीवासी अलपत्र परका छन् । भारत सरकारले सिमा नाकासम्म रेल संचालनमा ल्याएपछि घर फर्किने कर्णालीवासी पनि बढेका छन् । अलपत्र परेका सबै कर्णालीवासी महेन्द्रनगर, कैलाली हुँदै बर्दिया बाँके भएर सुर्खेत आउने तयारी गरेका छन् । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सिमा नाकामा नेपालीले दुःख पाएको खबर सुनेको बतादै भने ‘हामिले संघिय सरकारलाई खबर पठाएको छौं । यो अन्तराष्र्टि«य विषय भएकाले हामिले निर्णय गर्न मिल्दैन् ।’

भारतका विभिन्न स्थानबाट नेपालगनज जमुनाह नाका तथा पश्चिमको गड्डाचौकी बनवासा नाका हुँदै भएर सयौं कर्णालीवासी आइरहेका छन् । कर्णाली भित्रिने सबैको आरडिटिी परिक्षण गरेर मात्र प्रवेश गराउने प्रदेश सरकारको तयारी छ । कर्णालीका सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेनटाइनमा राखिने गरि व्यस्था गरिने भएको छ । यहि साताभित्र कर्णालीमा १५ देखि २० हजार नागरिक भारतबाट भित्रिने अनुमान प्रदेश सरकारले गरेको छ । दैनिक १५ देखि १६ सयको संख्यामा नागरिक भित्रिएको बताइएको छ । कोरोनासँगै भारतमा पनि लकडाउन भएपछि हजारौं कर्णालीवास रोजगार छोडेर स्वदेश फर्किका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको २७ वटा वडाको मतगणना सकियो, माओवादी निल