बारामा यातायात ट्रायल प्रमुखमाथि मोविल प्रहार

बारा । बारामा यातायात ट्रायल प्रमुख माथि मोविल प्रहार गरिएको छ । यातायात व्यवस्था कार्यालय कलैयाका ट्रायल प्रमुख जिवनरमण पौडेल माथि मोविल प्रहार भएको हो ।

बिहीबार कलैया-३ गंगापुर स्थित आफ्नै कार्यालयमा काम गरिरहको अवस्थामा मोविल प्रहार गरिएको हो । ‘एक्कासी युवाहरूको समुह कार्यकक्षमा प्रवेश गरी आफूमाथि मोविलको बोतल छर्केको पौडेलले बताए ।

पौडेल माथि मोविल प्रहार गरेको भिडियो समाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । भिडियोमा मोविल प्रहार गरेका युवाले आफूलाई जेनजी बताएको प्रष्ट सुनिन्छ ।

यस विषयमा जेनजी कलैया संयोजक शौरव पाण्डेसँग बुझ्दा ‘हामीले भ्रष्टाचार मुक्त समाज बनाउने अभियान चलाएको सर्वविदित छ, यातायात भ्रष्टाचारको अखाडा बनेको उनले आरोप लगाए ।

जेनजीका सहसचिव आन्नद गुप्ताले कार्यालयको सरकारी सवारीसाधनमा प्राइभेट नम्बर राखेर प्रयोगमा ल्याएको, टुर एण्ड ट्राभल्स एजेन्सीका सिफारिस भएका लाइसेन्स पैसा लिएर पास गर्ने लगायतका गतिविधिलाई पटक पटक अवगत गराउदा पनि सुधार नभएको परिणाम आजको घटनाले निम्त्याएको पाण्डे बताउछन ।

घटना ’bout प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसँग बुझ्दा घटना ’bout छानबिन गर्न यातायात व्यवस्था कार्यालयबाट कारवाहीको लागि लिखित निवेदन आएको उनले बताए । भिडियोमा देखेका युवाको खोजविन भईरहेको समेत उनले जानकारी गराए ।

केही दिन पहिला तत्कालीन कार्यलय प्रमुख अविन्दर दास र खरिदार सत्यनारायण साह बिच लेनदेनको विषयमा कार्यकक्ष मै कुटपीट भएको घटना सार्वजनिक भएको थियो । विवादमा मुछिए पछि प्रमुख दास मन्त्रालय तानिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने