विशेषमा बहुमत प्रतिनिधिहरूको हस्ताक्षर जुट्न लाग्दा देउवाले बोलाए आफूनिकटका नेता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर जुट्न लाग्दा पार्टीका सभापति शेरबहादुर देउवाले आफूनिकटलाई छलफलका लागि बोलाएका छन् ।

काठमाडौं भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहँदा सभापति देउवाले आफू निकटका पदाधिकारी तथा नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका हुन् ।

सभापति देउवाले विशेष महाधिवेशनमा बहुमत संख्या पुग्ने अवस्था देखेपछि सो सम्बन्धी आवश्यक कदम चाल्ने विषयमा ती नेताहरूलाई छलफलमा बोलाइएको हुनसक्ने स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 655 times, 1 visits today)

epaper

ताजा समाचार

नागरिक बचाउ महाभियान र सरकारबीच १२ बुँदे सहमति