भोटेकोशी बाढी अपडेट : १ हजार ३४४ जनाको शव फेला, ४ हजार ८९८ जना अझै बेपत्ता

रसुवा । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेकामध्ये १ हजार ३४४ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले आज शनिबार बिहान ५ बजे यो तथ्यांक सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार फेला परेका १ हजार ३४४ शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन् । अन्य ५०१ वटा शवका आंशिक अंग फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ ।

फेला परेका शवहरूमध्ये १ हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारिएको छ । हालसम्म १ हजार २६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २ हजार २३२ जनाको डीएनए नमुना संकलन गरिएको छ । पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ ।

यस्तै, पछिल्लो अद्यावधिक तथ्यांकअनुसार ४ हजार ८९८ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुने ४ हजार ८९८ जनामध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन् । नेपाली बेपत्ताहरूमा २ हजार ४४८ पुरुष र ४८२ महिला रहेका छन् । १ हजार ३५० जना बेपत्ता भएको भन्दै फोनमार्फत टिपाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी अपडेट : १ हजार ३४४ जनाको शव फेला, ४ हजार ८९८ जना अझै बेपत्ता