जबर्जस्ती करणी आरोपमा पक्राउ

पोखरा । स्याङ्जामा ४० वर्षीया एक जना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका वडा १, माटेथर निवासी ५० वर्षीय सूर्यबहादुर रोका हुन् ।

गत २५ पुस दिउँसो ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने’bout जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । सोही जाहेरी आधारमा अनुसन्धानका लागि सोमबार प्रहरीले पक्राउ गरेको हो । रोकालाई स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान तथा आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाइएको स्याङ्जा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?