कर्णाली प्रदेशका ९ जनामा कोरोना संक्रमण

तस्विर : कर्णाली प्रदेश अस्पताल सुर्खेत ।

वीरेन्द्रनगर । कर्णालीमा कोरोना संक्रमणको संख्या ९ पुगेको छ । कर्णाली प्रदेशमा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश प्रयोगशालामा पाँच जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पाँचै जनाको पुनः पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशक डा. रीता भण्डारीले जानकारी दिइन् । यो सँगै कर्णालीमा कोरोनाबाट संक्रमण हुनेको संख्या ९ पुगेको हो ।

दैलेख सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन् ।

संक्रमण पुष्टि भएका पाँचै जनालाई आइतबार नै सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए। स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसंगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका– १ का वडाध्यक्ष लोकबहादुर डाँगीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग