काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि प्रमुख पाण्डेले राजीनामा बुझाएको महानगरको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए ।
उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ । राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्नेछन् ।
उनलाई मेयर शाहले काठमाडौं ४ बाट उम्मेदवार बनाउने तयारी गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)






