काठमाडौं । करणी अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले इलाम र सुनसरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।इलाममा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माई नगरपालिका–७ बस्ने २० वर्षीय कृष्ण योक्पाङदेनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कृष्णलाई महमाईबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी सुनसरीमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका–१६ टिकुलिया टोल बस्ने २७ वर्षीय अमन सदालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अमनलाई इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 310 times, 1 visits today)






