मुगु । गएको कार्तिक महिनाबाट पानी र हिमपात नहुँदा खडेरीले आक्रान्त भएको मुगु जिल्लाको उच्च हिमाली र लेकाली भागमा शुक्रवार राति हिउँ र बेसीतिर पानी पर्दा चिसोले जनजीवनमा कष्टकर हुँदै गएको छ ।
मुगुको सदरमुकाम गमगढीमा पानी परेको छ भने अलि माथिका बस्तीहरुमा हिउँ परेपछि हिउँ जमेको छ भने सदरमुकाम गमगढी आसपासका लेकाली बस्तीहरुमा पनि हिमपात भएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा हिउँ जमेको छ ।

साथै, जिल्लाको माथिल्लो क्षेत्रहरु कार्मारोङ गाउँपालिकाको करान भेग, दोल्फु, मुगु, चिताई, किम्री, खारी, पुअमा हिउँ परेको छ । कार्मरोङ गाउँ पालिका वडा नं. १ का वडा अध्यक्ष कर्मा तान्डुप लामाले बताएका छन् ।
छायानाथ रारा नगरपालिकाका रारा बाम, शाोभा, तुम, मुर्मालगायतका गाउँमा हिमपात भएको छ । हिउँ पर्दा मानवीय जनजीवन चिसोले कष्टकर रहेको छ । रारामा पनि हिउँ जमेको छ । सोरु गाउँ पालिका र खत्याडगाउँ पालिकाका लमेरा कोटिल्ला चाकपाडेमा लगायतका बस्तीहरुमा पनि हिमपात भएको छ ।
हिमपातको कारण मुगुका लागि हुने सवै नियमित हवाई उडान पनि अवरुद्ध भएको नागरिक उडड्यन कार्यालय नेपागञ्जका अनुसार सवै उडान हुन नसकेको बताइएको छ ।
हिमपातले जनजीवन कष्टकर बने पनि गएको कार्तिकदेखि माघसम्म पानी र हिउँ नपर्दा चार महिनासम्म वर्षा भएको थिएन । किसानले छरेको गहुँ, जौ पनि राम्रोसँग नउम्रिदा हिउँदे बाली बिग्रिएका कारण हिमपातपछि बाली सप्रिने भन्दै स्थानीय किसान भने खुशी भएका छन् ।








