दलित युवकको हत्या विरोधमा कालिकोटका युवाको प्रदर्शन

कालिकोट । रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतीमा दलित युवामाथि गरिएको ज्यादती विरुद्धमा कालिकोटका युवाले विरोध प्रदर्शन गरेका छन् । लिगांंशैनी युथकलवले मंगलबार लकडाउनमा बजार सुनसान रहेका बेला युवाहरुले हातमा प्लेकार्ड लिएर तत्कालिन नेकपा माओवादी र दश वर्षे शसक्त्त द्वन्द्वको नेतृत्व गरेको रुकुमका यस्तो जातीय दन्डले घटनाका दोषीलाई कडा कारपवाही गरियोस् भनी विरोध गरेका हुन् ।

दलितमाथि हुने विभेद अन्त्य गर, रुकुममा दलितमाथि ज्यादती गर्नेहरुलाई कानुनी कारबाही गर जस्ता नाराबाजीसहित विरोध प्रर्दशन गर्दै बजारमा विरोध प्रर्दशन पछि प्रतिमा चोकमा आयोजित विरोधसभामा लिंलासैनी युथ क्लव कालिकोटका अध्यक्ष हिक्मत मल्लले एक्काइसौं सताब्दीमा पनि दलित समुदायमाथि हुने विभेद अन्त्य नभएको भन्दै सरकारले रुकुममा दलितमाथि ज्यादती गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।

उनले भने, ‘मुलुकमा संविधान बनेको छ । दलितका हक अधिकार कागजमा प्रसस्तै छन् । तर न्याय हराएजस्तो जगन्य अपराधका घटनामा कमी आएको छैन् ।’ उनले भने, ’अन्तरजातीय प्रेम सम्बन्धले दलितको मृत्यु कहिलेसम्म ? छुवाछुत र भेदभाव अन्त्य गारौँ भन्ने नारा नारामा मात्र किन सीमित ? भन्दै प्रश्न गरे ।

‘आरक्षणको कुरा गर्ने वित्तिकै हलो जोत्ने गरिब बाहुन र ज्वइलर्स पसल गर्ने धनी सुनारको कुरा ल्याउँछन् । हामीलाई आरक्षण चाहिएन, धन आफै कमाउँला, बरु गरिबै रहौंला, समाजमा समान रुपमा घुलमिल हुन दिए पुग्छ,’ उनले भने ।

कार्यक्रममा कलवका साल्हाकार भरत शाहीले रुकुममा दलित युवामाथि आकर्मण गरी ज्यान लिनेलाई आजीवन कैदको सजाय हुनुपर्ने बताए । उनले भने, ‘दलित युवाको ज्यान लिनेलाई सरकारले कडा कारबाही गरोस् । घटनाको सत्यतथ्य छानबिन गरियोस।दलितको रगतमा केसैले राजनीति गर्ने अवस्था नओस्। यस घटनाका दोषीको कारबाहीले मुलुकमा दलितलाई हुने विभेदको अन्त्य हुने अवस्था सिर्जना होस् । प्रेम गर्दा ज्यान लिन पाइदैन् ।’ उनीहरुले दोषीमाथि हदैसम्मको कारवाही नभए युवाले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्गीय मुक्तिका लागि लडिएको भनिएको जनयुद्धको केन्द्र र जातीय छुवाछुत मुक्त जिल्ला घोषणा समेत गरिएको रुकुम पश्चिम यस्तो दुखद घटना भएको बताए ।

देश र समाज परिर्वतन गर्न भनी दश वर्षे युद्धको उदघम स्थलको रुपमा रहेको रुकुममा यस्तो घटनाले अन्तराष्ट्रिय जगतमा पनि मुलुकको शीर निहुरिएको उनीहरुको भनाइ थियो

तपाइको प्रतिक्रिया
(Visited 670 times, 1 visits today)

epaper

ताजा समाचार

सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र मेकानिकल अधिकृत ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ