जोश थियो, जाँगर थियो । सपना थियो । अनि चाहना त कति कति- आकाशझैं जसको कुनै अन्त्य हुँदैन । चाहनाहरु मनभरि अनगिन्ति थिए । लाग्थ्यो सगरमाथा त एकैछिनमा चढ्छु । चाँडै फर्कन्छु अनि त्यो वेशक्याम्पको अँध्यारो त चुड्की बजाएको भरमा हराभरा बनाउँछु । त्यो वेशक्याम्प मात्र के, त्यो उजाडलाग्दो जमिनमा रङ्गीचङ्गी बगैंचा बनाउनेछु । अनि अरु यस्तै कति-कति चाहनाहरु… मनभरि थिए । कति थिए भनूँ- अनगिन्ति, वश् अनगिन्ति ।
वेशक्याम्पबाट सगरमाथाको यात्रा शुरु भयो । सोचेजस्तो सजिलो र जादुगरी कहाँ रहेछ र त्यो यात्रा । शुरुवातदेखि नै ठोक्किन थालेँ । परिवार छोडेर हिँडेको पीडाले भरी भएको मन, अनुभवको कमी अनि अल्लारे म । तर पनि के कम ? ममा चाहना जो थियो जति लडे पनि सगरमाथा पुग्छु नै भन्ने । पुग्ने मात्र के ? परिआए त्यसलाई पल्टाउन पनि सक्छु जस्तो लाग्थ्यो ।
बाटो भुलेको बटुवाजस्तो भएँ म । कति वर्ष त्यत्तिकै रुमल्लिएँ । बाँच्नका लागि सङ्घर्ष चलिरह्यो । बाटामा परेका या भेटेका स-साना पहाडहरु चढ्ने र लड्ने क्रम यसबीचमा चलिरहे । समय यसैगरी बिती नै रह्यो ।
जति चढ्दै गएँ । यात्राहरु अझै कठिन हुन थाले । जुन नक्सा कोरेर यात्रा तय भएको थियो, यति कठिन अवस्थाहरु आए कि ती बाटाहरु कता पुगे कता, कति हिमपात भयो । कहिले त्यहीँ वरिपरि भएको प्रकृतिसँग धेरै समय बिताएर यात्रामा ढिलाइ पनि भयो होला । म यति रुमल्लिएँ कि कुनै समय मैले बिर्सें- म त सगरमाथा चढ्न भनेर पो हिँडेको । वेशक्याम्पसँग पनि टाढा भएँ अनि त्यो चुचुरोमा पुग्ने चाह पनि घट्यो । बाटो भुलेको बटुवाजस्तो भएँ म । कति वर्ष त्यत्तिकै रुमल्लिएँ । बाँच्नका लागि सङ्घर्ष चलिरह्यो । बाटामा परेका या भेटेका स-साना पहाडहरु चढ्ने र लड्ने क्रम यसबीचमा चलिरहे । समय यसैगरी बिती नै रह्यो ।
आज फेरि धेरै वर्षपछि त्यही सगरमाथा चढ्ने जोश आएको छ । त्यो शुरुवातको जस्तो जोश अनि चाह त छैन । तर अनुभव पक्कै छन् । पाको भएको छु । केही त मैले गर्नु नै छ । कि त सगरमाथा पुग्नैपर्यो कि त वेशक्याम्प झर्नुपर्यो । यसबीच बाटोमा सानो क्याम्प त पक्कै बनाएको छु । तर मैले मेरो मनलाई कति ठगूँ- किनकि मेरो अन्तिम सत्य यति मात्र होइन । यात्रा जरुरी छ । भलै बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएरै किन नहोस्, लक्ष्य चुम्न यात्रालाई निरन्तरता त दिनु नै छ ।
-हाल सिड्नी, अष्ट्रेलिया