Saturday, April 17, 2021
Home भर्खरै ‘आफ्नी छोरी नखर्माउली तन्नेरीलाई दोष’

‘आफ्नी छोरी नखर्माउली तन्नेरीलाई दोष’

,

‘आफ्नी छोरी नखर्माउली तन्नेरीलाई दोष ।’ थाहा छैन नेपालमा प्रचलित यो उखान भन्दा कुनै जात, समुदाय वा समुहलाई असर गर्छ कि गर्दैन । पछिल्लो समय उखान टुक्का पनि विचार गरेर मात्रै भन्नु पर्ने स्थिति छ । हाम्रा पुराना कुरा वा चलिआएको चलन भन्दै कुनै पनि जात वा सम्प्रदायलाई होच्याएर भन्न वा लेख्न पाइँदैन । यो कुरा संविधानमै उल्लेख छ । मैले यसकारण लेख्ने हिम्मत गरेँ, यो उखान कुनै जात वा सम्प्रदाय भन्दा माथि छ । यसले व्यक्तिको प्रवृत्ति इंगित गर्छ ।

जाजरकोट भेरी नगरपालिका रानागाउँका नवराज बिकको स्थानिय गाउँलेद्वारा कुटि कुटि हत्या गरेपछि कतिपय व्यक्तिले घटनालाई अतिरञ्जित गर्ने हेतुले लकडाउनको समयमा नवराज हुलहुज्जतसहित गएकाले गाउँलेले प्रतिकार गरेको भन्दै सामाजिक सञ्जालमा टिका टिप्पणी गरेका छन् । जसले जेसुकै टिप्पणी गरुन् नवराजमाथिको ज्यादती सिंगो नेपाली समाजमाथिको कालो धब्बा हो । यो घटनामा आक्रमणकारीको जति निन्दा गरेपनि कम हुन्छ । २१ औं शताब्दीको यो युगमा जात नमिलेकै बहानामा हत्या गर्न तम्सिनेहरुलाई कुनै पनि बहानामा उन्मुक्ति दिन हुन्न र कसैले कुतर्क गरेर नवराजको हत्या होइन भन्छ भने उसलाई पनि कार्वाहीको दायरामा ल्याउनुपर्छ ।

नवराज बिकको हत्या नियोजित हो वा आवेगमा । यस्ता विषयमा तर्क गर्नुको कुनै औचित्य छैन । विवेकशील आम मानवका लागि आफैंमा यो लज्जाको विषय हो । कतिपयले यस्तो पनि तर्क गरेका छन्, ‘नवराजकी प्रेमिका सुष्मा सुधा मल्ल उमेरको हिसाबले विवाह योग्य थिइनन् ।’

जात्रा हिँडेकी छोरीलाई हामी त ‘बाउसाप’ भन्दै क्रिम, पाउडर, लिपिष्टिक किन्ने पैसा दिएर पठाए । जब छोरी प्रेममा पागल भई अनि ‘छोरी पट्याएको अभियोगमा नवराजमाथि जाई लागे त्यो पनि जातको कुरा गरेर । छोरीलाई असाध्यै मन परेको नवराज छोरीका बा आमालाई यसकारण मन परेको थिएन । किनकी नवराज ‘ठकुरी’ थिएनन्

होला । कानुनले भन्छ ‘बिहेवारी २० वर्ष पारी ।’ छोरी लिन आउनेलाई भएभरका गाउँले जम्मा भएर खेदी खेदी छेकेर मार्नु भनेर कानुनको कुन चाँही दफामा लेखिएको छ ? उमेर नपुगेको कुरा गर्नेहरुले जवाफ दिनुपर्छ । घटना घटिसकेपछि थाहा भयो, सुष्माका बा आमा मात्रै हैन । कतिपय गाउँलेलाई समेत थाहा रहेछ । सुष्मा र नवराजको तीन वर्षअघि प्रेम सुरु भएको । तीन वर्षको बीचमा सुष्मा नवराजको घर जाने र नवराज सुष्माको घर जाने क्रम पटक–पटक भएको रहेछ । अहिले सुष्माको उमेर पुगेन भनेर प्रश्न गर्नेहरुले सुष्माका बा आमालाई प्रश्न गर्ने हिम्मत राख्छन् कि राख्दैनन् । आफ्ना छोरा छोरी कहाँ कुन अवस्थामा के गर्दैछन् भनेर चासो राख्ने दायित्व बाबु आमाको हो कि हैन ?

हरेक बाबु आमाले आफ्ना छोराछोरी कहाँ जान्छन्, के गर्छन् चासो मात्रै राखेर हुन्न । यदि गलत बाटोमा हिँडेका छन् भने सहि बाटोमा हिँड्न प्रेरित गर्नुपर्छ । छोरीले उमेर नपुग्दै प्रेम गरेको भन्ने सुष्माका बा आमाले थाहा पाइसकेपछि छोरीलाई ‘यो प्रेम गर्ने उमेर होइन’ भन्दै सम्झाई बुझाई गर्नु पथ्र्यो । तर, उनीहरुले आफ्नी छोरीको आनीबानी, कमी कमजोरी, इच्छा, चाहनालाई कहिल्यै ख्याल गरेनन् । जात्रा हिँडेकी छोरीलाई हामी त ‘बाउसाप’ भन्दै क्रिम, पाउडर, लिपिष्टिक किन्ने पैसा दिएर पठाए । जब छोरी प्रेममा पागल भई अनि ‘छोरी पट्याएको अभियोगमा नवराजमाथि जाई लागे त्यो पनि जातको कुरा गरेर । छोरीलाई असाध्यै मन परेको नवराज छोरीका बा आमालाई यसकारण मन परेको थिएन । किनकी नवराज ‘ठकुरी’ थिएनन् ।

यद्यपि दलित भएकै कारण प्रेम गरेको अभियोगमा कुटाई खाएर मृत्यु हुन बाध्य नवराज पहिलो व्यक्ति होइनन् । यसअघि धेरै युवा युवतीले जातकै कारण कथित माथिल्ला जातका बर्बरता सहन नसकेर मृत्यु झेलिसकेका छन् । रुकुम घटना हुनु भन्दा चार दिन अघि मात्रै रुपन्देहीमा १३ वर्षीय बालिकाको हत्या भयो ।

रुपन्देहीको देबदहवासीहरु मध्ये पनि कतिपयलाई लाग्दो हो ‘नवराजले साथी भाई सहित युवतीको घर जान हुँदैन थ्यो ।’ देवदहबासी तिनै हुन् जसले २५ वर्षे भुस्तीघ्रेलाई बलात्कार गरेबापत १३ वर्षे बालिका जिम्मा लगाए । जनप्रतिनिधी समेत सामेल भएर बलात्कारीलाई बालिका जिम्मा मात्रै लगाएनन् बालिका हत्या गर्ने बिरुद्ध उजुरी नलिन प्रहरीलाई दवाव दिए ।

जातका नाममा हुने हत्याका घटना दोहोरिनुमा मान्छेको चेतनाको स्तरको कुरा गरिन्छ । चेतनाको स्तर त कति रहेछ देखिहाल्यो नै । अपराधमा संलग्नलाई राजनीतिक संरक्षण दिने परिपाटीले स्थिति झन् झन् नाजुक हुँदै गएको छ । जब कोही कसैमाथि हिंसा हुन्छ भने पीडित पात्रले सबै भन्दा पहिला प्रहरी प्रशासन गुहार्ने हो तर, पीडकलाई कार्वाही र पीडितलाई न्याय दिने सवालमा हाम्रो प्रशासनिक निकाय यति निकम्मा छ । कुनै घटनाका पीडित प्रहरीकोमा जाहेरी दिन पुगे भने प्रहरीले जाहेरी लिनु अघि पीडक पक्ष कति प्रभावशाली छ भनेर सोधी खोजी गर्छ र यदि पीडक पक्षको कुनै दलको शीर्ष नेतृत्वसंग सम्बन्ध रहेको थाहा पायो भने उजुरी लिनै मान्दैन ।

‘कथित’ तल्लो भएकै कारण अन्य नवराजहरु नमारिउन् भनेर सोच्न ढिला भैसक्यो । यस्ता घटना फेरि फेरि नदोहोरियोस् भन्नका लागि जातको आधारमा कोही कसैमाथी विभेद गर्न पाइन्न भनेर संविधानमा लेखेर मात्रै हुन्न । स्थानिय जनप्रतिनिधी र अधिकार शीर्षकमा एनजिओ÷आइएनजीओ चलाउनेहरुले आफ्नो क्षेत्रमा गएर निर्धक्कसंग भन्न सक्नु पर्छ । जातिय विभेद जघन्य अपराध हो भनेर ।

(Visited 618 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

साताका लोकप्रिय समाचार

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

सांस्कृतिक चाड: पाहाँचः-हे

सांस्कृतिक सम्पदा र परम्परागत शैलीका विभिन्न चाडवाडका धनी उपत्यकाका नेवारले प्राचीनकालदेखि मनाउँदै आएको चाडमध्ये पाहाँचः-हे चाडको ठूलो महत्व छ । नेवारले मनाउँदै आएको चाडपर्वकै...

नेपालीको हातमा डिजिटल पासपोर्ट

प्रविधिको प्रयोगसँगै नेपाल आफैंमा डिजिटल युगमा प्रवेश गर्दै गर्दा परराष्ट्र मन्त्रालयको राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट व्यवहारमा ल्याउने भएपछि यसले सबैलाई खुसी बनाएको छ...

जनमतबाट दर्जनौं स्रष्टा सम्मानित

लमजुङ । राजधानीकर्मी नवराज पहाडीसहित साहित्यिक स्रष्टालाई जनमत सम्मानद्वारा सम्मानित गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठानले आयोजना गरेको ३७औं वार्षिकोत्सवको अवसरमा उक्त सम्मान प्रदान...

घरकाे मिटर बक्समा झेलिएकाे तार पन्छाउदा करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर ।  मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर...

ट्रेन्डिङ

बारामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बारा । बारामा कोरोन संक्रमणबाट २ जनाको मृत्यु भएको प्रहरीले जानएको छ । मृत्यु हुनेहरुमा बारा बीरगंजस्थित गण्डक अस्पतालमा उपचारत बाराको सुवर्ण गाउँपालिका वडा...

नेपाली विद्यार्थीलाई ५० लाखको छात्रवृत्ति वितरण

काठमाडौं । पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीलाई ५० लाख छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौंको होटल ह्यातमा आयोजित विशेष कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष...

सबै सुरक्षा अंग हाई अलर्टमा

काठमाडौं । कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् । सरकारले कोरोना संक्रमित...

बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउने सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल ५० हजार मेट्रिक टन मल ल्याउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री...

चकलेटीबाट यथार्थ पात्रतर्फ प्रदीप खड्का

काठमाडौं । यस अघि प्रेम कथामा आधारित सिनेमालाई महत्व दिँदै आएका अभिनेता प्रदीप खड्का पछिल्लो समय वास्तविकतालाई महत्व दिन थालेका छन् । नयाँ चलचित्र ‘प्रकाश’का...

जग्गा किन्छु भन्दै आएकाले नाै लाख लुटेर भागे

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा शुक्रवार दुई जनाको र नौ लाख रूपैंया लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण...

टिकापुरमा नाली खन्दा बम फेला पर्यो

टिकापुर ।  कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम...

महामारी र रोजगारी

नेपालमा निरपेक्ष गरिबीको अनुपात क्रमशः घटदै जाँदा आव २०७६-७७ को आर्थिक सर्वेक्षणअनुसार कुल जनसंख्याको १८.७ प्रतिशतमा झरेको छ । बहुआयामिक गरिबी २८.६ प्रतिशतमा झरेको...

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी) भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा...

मनितो गुमाएका माननीयहरू

लोकतन्त्र यो युुगको सर्वाधिक शक्तिशाली व्यवस्था हो । लोकतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र हुन सक्छ । लोकतन्त्रमा कानुन अर्थात् विधिको शासन महŒवपूर्ण मानिन्छ ।...

अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै

आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर...

गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा

काठमाडौं । लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि सार्वजनिक यातायात...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)