निताकुमारीले जितिन् सातौँ ‘द भ्वाइस अफ नेपाल’

काठमाडौँ । सातौँ संस्करणको गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि निताकुमारी थापा मगरले हासिल गरेकी छिन् । सातौँ संस्करणको ग्रान्ड फिनाले समारोह शनिवार राति ‘द भ्वाइस अफ नेपाल’को स्टुडियो मै सम्पन्न भएको थियो । हरेक प्रतिस्पर्धामा खरो उत्रँदै दर्शकको मन जितिरहेकी दैलेखकी निताले सर्वाधिक दर्शक मत प्राप्त गरेर ‘द भ्वाईस अफ नेपाल, सिजन ७’को उपाधि चुमेकी हुन् ।

कोच राजु लामाको समूहबाट गायिका निताकुमारी प्रतिस्पर्धामा उत्रिएकी थिइन् । उनले यो प्रतिस्पर्धामा दर्शकको सर्वाधिक मत पाउनुका साथै निर्णायकहरूको पनि मन जित्दै आएकी थिइन् ।

यो प्रतियोगितामा सागर संसार राईले उप विजेतामा चित्त बुझाउनु प¥यो । यसरी सागरले फस्ट रनर अपको उपाधि हासिल गर्दा अर्की प्रतिस्पर्धी पुनम गुरुङ सेकेन्ड रनर अप र सञ्जिता दुरा थर्ड रनर अप घोषित भए ।

फाइनल राउन्डमा नितासँग प्रतिस्पर्धी बनेर उत्रिएकाहरू प्रतिस्पर्धी मध्ये कोच खेम सेन्चुरीको टिमबाट सागर संसार राई, कोच प्रमोद खरेलको टिमबाट पुनम गुरुङ तथा कोच मेलिना राईको टिमबाट सञ्जिता दुरा रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको घोषणा