सिन्धुपाल्चोकमा मौसमी रुघाखोकीबाट ३०० बिरामी, कोरोना नभएको चिकित्सकद्वारा पुष्टि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीले सिंगो बस्ती नै आक्रान्त भएको छ ।

रुघाखोकीबाट सिंगो गाउँ बिरामी परेपछि गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठको नेतृत्वमा चिकित्सकहरुको टोली गाउँमा पुगेर उपचार सुरु गरेका छन् । मौसमी रोगका कारण गाउँका तीन सय बढी बिरामी भएका छन् ।बालबालिका र वृद्धाहरु बढी मारमा परेको गुम्बामा पुगेको चिकित्सकहरुको टोलीले जानकारी दिएको छ।

‘फ्लु वा भाइरल ब्रेक हुन सक्छ । ल्याब टेस्ट गर्नु जरुरी छ । ३र४ जनामा स्वासप्रस्वास समस्या छ तर के कारण भन्न सकिन्न’, कोरोनाको संकेत हालसम्म नदेखियको डाक्टर पिताम्बर खनालले जानकारी दिए । बिरामीहरुको अहिले गुम्बामा रहेको स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा राखेर उपचार भइरहेको छ ।

गाउँमा रहेको स्कुलले बिद्यार्थीहरु समेत यो रोगको चपेटामा परेपछि बिद्यालय बन्द गरिएको छ । ल्याब टेस्ट पछि मात्रै रोगको पत्ता लाग्ने चिकित्सकले जानकारी दिएका छन् । बिरामी धेरै भएपनि कोरोना भाइरस नभएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९