समाजको ऐनामा नेतृत्वको प्रतिबिम्ब

अहिले मुलुक निर्वाचनको पर्खाइ र आगामी नेतृत्वको प्रतीक्षा छ । २०८४ मा हुुनुपर्ने निर्वाचन जेनजी आन्दोलनका कारण २१ फागुन २०८२ मा हुँदै छ । सामाजिक सञ्जालमा हरेक दिन हुने निर्वाचन र अनुमान गर्ने परिणामले समाजमा भ्रम छरिरहेको अवस्था छ । तथापि, सामाजिक सञ्जालको ‘स्टन्ट’ र युद्धस्तरमा मतदाताका मनको वास्तविकता निर्वाचनपछि नै थाहा हुने निश्चित छ । यो प्रतिक्षाको विषय बनेको छ ।

अहिले देशको राजनीतिक परिवेशमा ‘पपुलिज्म’को हावा तीव्र्र रहेको देखिन्छ । यो हावाले देशका स्थापित दलहरूलाई तर्साएको छ । ३५ वर्षको प्रजातान्त्रिक अभ्यासमा सत्ताले समाजलाई दिएको उपहार निराशा, बेरोजगारी, महँगी र कुशासनले जनता वाक्कदिक्क भएकाले गत २३ र २४ भदौको विध्वंश निम्तिएको हो । यही घटनाले समाजमा राजनीतिक उथलपुथल ल्यायो । फलत ः नयाँ राजनीतिक दलहरूको उदय र विस्तार हुन पुगेको अवस्था छ । अहिले राजनीतिक बजारमा अल्पकालमा राजनीतिक सक्रियता बढाएका नयाँ दलहरूले पुरानाहरूलाई छायामा पार्न सक्ने सम्भावना’bout बहस चर्को छ ।

जानकार भन्छन्, ‘राजनीतिक सिद्धान्त र ऐतिहासिक योगदानविहीन राजनीतिक दलहरूको जन्म र यसले नेपाली समाजलाई गरेको विभाजनले शुभ संकेत गर्दैन ।’ त्यसो त, राष्ट्रिय पार्टी बन्नका लागि निर्वाचनमा ३ प्रतिशतको ‘थे्रसहोल्ड’ (मतसीमा) व्यवस्था छ । देशमा आवश्यकभन्दा बढी राजनीतिक दल रहेकाले अत्यधिक साना र अवसरवादी दलहरूको अनियन्त्रित प्रवेश रोक्ने र संसद्लाई स्थिर गर्नका लागि समानुपातिकतर्फ राष्ट्रिय मतको ३ प्रतिशत ‘थे्रसहोल्ड’ राखिएको हो । यो व्यवस्थाका कारण जनसमर्थन प्रमाणित गर्न साना दलहरूलाई सजिलो छैन ।

‘थ्रेसहोल्ड’ व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास हो । नेपालमा भन्दा बढी प्रतिशतमा ‘थ्रेसहोल्ड’ भएका देशहरू पनि छन् । इजराइल र इन्डोनेसिया ३.२५ प्रतिशत ‘थे्रसहोल्ड’ छ भने ५ प्रतिशत भएका देशमा कोष्टारिका, स्टोनिया, युक्रेन, न्युजील्यान्ड, जर्मनी, स्लोभाकिया हुन् । मोरक्कोमा ६ प्रतिशत र टर्कीमा १० प्रतिशतसम्मको ‘थ्रेसहोल्ड’ व्यवस्था रहेको पाइन्छ ।

नेपाली समाजमा नेतृत्व अभावभन्दा बढी सामाजिक चेतना कमी देखिन्छ । अहिले सामाजिक सञ्जालहरूको आँधीबेहरीभित्र पसेर निधारमा औंला राखेर घोत्लिँदा, नेपाली समाज नागरिक चेतना हिसाबले परिपक्व महसुस गर्न सकिँदैन । कतिपय मानिसको चिन्तनमा ‘पुराना दलहरू सबै बेठिक र नयाँहरू सबै ठिक’ भन्ने मनोविज्ञानले काम गरेको पाइन्छ भने कतिपयले ‘पुराना दलभित्रका सक्षम नेताहरूले मात्र देश बदल्न सक्छन्’ भन्ने दृष्टिकोण राखेको सुनिन्छ ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको जनताले राजनीतिक दल र नेता विशेषलाई निर्वाचनमार्फत छनोट गर्न पाउनु हो । एउटा दलमा आस्था राख्नेहरूले अन्य दलका मतदातालाई सत्तो सराप गर्नुपर्ने केही छैन, यसो गर्नु हुँदैन पनि । निर्वाचनमा पुराना दलहरूमा पनि नयाँ उम्मेदवार निर्वाचनको मैदानमा छन् । नयाँ अनुहारको मात्र खोजी गर्नुभन्दा पनि मतदाताले स्थिर राजनीतिक दल, भिजन, मिसन तथा एक्सन भएको सक्षम नेतृत्वलाई राजनीतिक मगजबाट ‘फिल्टर’ गरेर मतदान गर्नुपर्दछ ।

आवश्यकभन्दा बढी दल रहेकाले अत्यधिक साना र अवसरवादी दलको अनियन्त्रित प्रवेश रोक्ने र संसद्लाई स्थिर गर्नका लागि समानुपातिकतर्फ राष्ट्रिय मतको ३ प्रतिशत ‘थे्रसहोल्ड’ राखिएको हो । यो व्यवस्थाका कारण जनसमर्थन प्रमाणित गर्न साना दलहरूलाई सजिलो छैन । ‘थ्रेसहोल्ड’ व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास हो । नेपालमा भन्दा बढी प्रतिशतमा ‘थ्रेसहोल्ड’ भएका देशहरू पनि छन् । इजराइल र इन्डोनेसिया ३.२५ प्रतिशत ‘थे्रसहोल्ड’ छ भने ५ प्रतिशत भएका देशमा कोष्टारिका, स्टोनिया, युक्रेन, न्युजील्यान्ड, जर्मनी, स्लोभाकिया हुन् । मोरक्कोमा ६ प्रतिशत र टर्कीमा १० प्रतिशतसम्मको ‘थ्रेसहोल्ड’ व्यवस्था रहेको पाइन्छ ।

नेपाली समाजमा राजनीतिक दल र नेतृत्व चयनका मापदण्ड आ–आफ्नै किसिमका रहेका पाइन्छन् । एकातिर समाजमा राजनीतिक रूपमा सुझबुझ भएका वर्गले परिपक्व दृष्टिकोण राखेको पाइन्छ भने अर्कोतर्फ कतिपय मतदाता लहडमा लागेको देखिन्छ । यस कोणबाट हेर्दा पनि कुन दल र नेतृत्वको हातमा सरकार बनाउन सक्ने सांसदको संख्या पुग्ने हुन् ? भन्ने विषय प्रतिक्षा गर्नुपर्ने भएको छ ।

निर्वाचन लोकतन्त्रको औपचारिक प्रक्रियामात्र होइन, जनचेतना र जिम्मेवारीको प्रतिबिम्ब पनि हो । अब्राहम् लिंकनले ‘निर्वाचनलाई जनताको आवाज’ भनेका छन् । यो आवाज सचेत नागरिकको विवेकबाट आउनुपर्दछ । यदि यसो हुन सकेन भने तीन दशकदेखि नेपाल र नेपालीले अनुभव गरेको राजनीतिक अस्थिरता र दुःख अझै बढेर जाने छ । राजनीति ‘केटाकेटी आए, गुलेली खेलाए’ भनेभंैm हुनेछ । सरकारमा ‘आयाराम’ र ‘गयाराम’हरूको रमिता हेर्न नेपाली समाज बाध्य हुनुपर्नेछ । त्यसैले हतारमा मतदान गरेर फुर्सदमा पछुताउने काम नगरौं ।

सक्षम नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया जति निष्पक्ष हुन आवश्यक छ, त्यति नै मतदाता पनि सचेत हुन जरुरी हुन्छ । यस सन्दर्भमा थोमस जेफरसन छन्, ‘सचेत र जानकारीयुक्त मतदाता नै लोकतन्त्रको साँचो रक्षक हो ।’ नेपालमा निर्वाचन नियमित रूपमा भइरहे पनि राजनीतिक शिक्षा र नागरिक चेतना कमीका कारण मतदाता सक्षम नेतृत्व चयनभन्दा बढी भावनात्मक नारामा बहकिएको देखिन्छ । यसो हुनु भनेको मतदाताले राजनीतिक अस्थिरता र विधिको शासनमा देशलाई अगाडि बढ्न नदिनु हो । लोकतन्त्रको रक्षक बन्न नसक्नु हो ।

अहिले समाजमा निर्वाचन’bout अनेक प्रकारमा विचार आउने गरेका छन् । चिया गफदेखि सामाजिक भेटघाट, वनवाटिका, वनभोज, चौतारी, विवाह, व्रतबन्ध, मेलापात, संघसंस्थालगायतमा ‘कसलाई भोट दिने ?’ भन्ने चर्चा हुने गरेको छ । छापा तथा सोसियल मेडियामा निर्वाचनसम्बन्धी विचार, विमर्श, अडियो भिडियोलगायत सामग्री आइरहेका प्रशस्तै देखिन्छन् । नेपाली समाज निर्वाचन आउँदा जति उत्साहित हुन्छ, त्यही अनुपातमा उम्मेवारको कार्यशैलीले दुःखी भएको इतिहास पनि छ । देश निर्माण गर्ने कुरा सहज हुँदैन । नेपाली समाजले परिवर्तन त चाहेको छ, तर परिवर्तन गर्नेसक्ने सक्षम नेतृत्व चयन गर्दा विवेक पु¥याउन सकेको छैन । यसपटक विवेक पु¥याओस् । देशकाल, परिस्थिति, विश्वजगत्को कुटनितिक ज्ञान, अनुभव र क्षमता भएका इमानदार नेतृत्वले मात्र देश बदल्न सक्दछ भन्ने हेक्का राख्न सकुन् ।

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन आउने र जाने गर्दछन् । दोस्रो जनआन्दोलन २०६२–०६३ पछि जनताले चारवटा निर्वाचनमा मतदान गरिसकेका छन् । अहिलेको निर्वाचनसंग पाचौंपटक नेतृत्व चयन गर्ने छन् । पहिलो संविधानसभा निर्वाचन २०६४, दोस्रो संविधानसभा निर्वाचन २०७०, प्रतिनिधिसभा निर्वाचन २०७४ र ०७९ का साथै अब यही २१ फागुनमा हुने मध्यावधि निर्वाचन र नेतृत्वको प्रतीक्षामा छ नेपाली समाज । यसपटकको निर्वाचनको रोचक पक्ष त के छ भने दलहरूबाट प्रधानमन्त्री हुने व्यक्तिका नाम प्रकाशित भएको छ । देशको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले जेनजीपछाडि नेतृत्व र नीति बदलेर ‘बदल्यौं कांग्रेस, बदल्छौ देश’ नारा लिएर राजनीतिक रूपमा परिपक्व नेता गगनकुमार थापालाई ‘भावी प्रधानमन्त्री’का रूपमा अगाडि सारेको छ ।

यसैगरी, एमालेमा अध्यक्ष खड्गप्रसाद ओली, राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन्द्र शाहलगायत धरानका पूर्वमेयर हर्क सम्पाङले नयाँ दल खोली ‘आपूm प्रधानमन्त्री’ हुने पेस गरिसकेका छन् । पूर्वमन्त्री कुलमान घिसिङ पनि नयाँ दल खोलेर चुनावी मैदानमा छन् । २०७९ को निर्वाचनमा तेस्रो ठुलो दल माओवादी पार्टी नै विघटन भइसकेको छ । यस दलमा दर्जनांैको संख्यामा रहेका साना कम्युनिस्ट दल जोडेर नयाँ दलका रूपमा नेपाली कम्युनिस्ट पार्टी बनेको छ । अन्य साना दल पनि चुनावी मैदानमा छन् ।

अहिले नेपाली समाज राजनीतिक दलका कित्तामा बाँडिएको अवस्था छ । त्यसो त, लोकतन्त्रमा समाज राजनीतिक रूपमा विभाजित हुनुलाई स्वभाविक रूपमा लिइन्छ । विकसित देशमा लोकतान्त्रिक दलमध्येबाट विकास योजना र उम्मेदवारका क्षमताका आधारमा सार्वजनिक बहसमा आएका विकास योजनाका आधारमा नेतृत्व चयनमा समाज विभाजित हुन्छ । तर, हाम्रो देशको सन्दर्भमा सार्वजनिक बहस र नेतृत्व क्षमता गौण विषय भएका छन् ।

मतदाताले राजनीतिक नारामात्र सुन्ने होइन, नेतृत्वमा काम गर्न सक्ने क्षमता हेर्नुपर्दछ । अब भावनामा बगेर होइन, राजनीतिक मूल्य, सिद्धान्त र उम्मेदवारका क्षमतालाई मतदानको मापदण्ड बनाउनुपर्दछ । आजको आवश्यकता चमत्कार होइन, चरित्र हो । भाषण होइन, व्यवहार हो । सत्ता होइन, सेवा हो । सचेत मतदाताले अवसरवादी, खोक्रा र स्वार्थी नेतृत्वलाई अस्वीकार गर्न सक्दछन् । सक्षम नेतृत्व चयन गरेर सचेत नागरिकको भूमिका निर्वाह गरांै ।
(लेखकको यो निजी विचार हो)

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

अग्रता जोगाउन नसक्दा इरानसँग बराबरीमा रोकियो न्यूजिल्यान्ड