साम्बाको उपचारमा एन्फाले वेवास्ता गरेको भन्दै विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वेवास्ता गरेपछि पूर्व कप्तानसहितका खेलाडीले एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गरेका छन् ।

पूर्वकप्तानसहितका खेलाडीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेस परिसरमा ‘सावित्रा भण्डारी नेपाली नै हुन्रु, एन्फा झुठको खेती कहिलेसम्मरु, खेल खेल्ने खेलाडी नरहे तिमी कसरी रहन्छौँ एन्फारु, लिग त गराउन सकेको छैन खेलाडीको उपचारमा मद्धत त गर’ लगायतका नारा लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरेका हुन्।

राष्ट्रिय लिगका दौरान नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहित राष्ट्रिय टोलीका पूर्व कप्तान, वर्तमान उपकप्तान तथा खेलाडीले विरोध प्रदर्शन गरेका हुन् ।

साम्बाको उपचारमा एन्फाले वेवास्ता गरेपछि साम्बाले सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोग मागेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो