हुम्ला । आसन्न प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन आज जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायका प्रमुख र पत्रकारलगायतको संयुक्त बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सो बैठकले सबै सरोकारवालाले निर्वाचन आंचारसंहिता परिपालन गर्ने निर्णय गरेको छ । त्यसैगरी नाम्खा गाउँपालिका–६ का मतदातालाई मतदान गर्न सहज होस भनी कर्णाली कोरिडोरको उत्तर खण्ड ‘हिल्सा सिमिकोट सडक योजना कार्यालय’ र ‘पूर्वाधार विकास कार्यालय’लाई नारा लेकदेखि हिल्सा र न्यालु लेकको हिउँ पन्छ्याउन सहयोगको लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।
यहाँको हिल्दुम विद्युत् सेवालाई निरन्तरता दिन र सिमिकोट गाउँपालिकाको उपभोक्तालाई २४ सै घण्टा खानेपानी उपलब्ध गराउन पहल गर्ने निर्ण यसमेत बैठकमा गरिएको जनाइएको छ ।
हुम्ला सदरमुकाममा सधैँ लोडसेडिङ् हुने र खानेपानी अभाव हुने गुनासो स्थानीयको छ ।
यसैबीच यहाँको सिमिकोट गाउँपालिका– ५ र ६ ठेहे गाउँको १ र २ मा मङ्गलबार देखि भोलि बिहीबारसम्म देउडा नाच सुरु भएको छ । सो नाचसँगै ढाल तरबार र छेलो समेतको खेल आजबाट सुरु भएको छ ।
सम्बन्धित समाचार
मुगुमा यस्तो छ चुनावी चहलपहल
जुम्लाका पाँच उम्मेदवारले लिए बैँक खाता खोल्न सिफारिश
प्रतिनिधिसभा सदस्य निर्वाचन : दैलेखमा रोचक भीडन्त
कर्णाली करिडोरको स्थलगत निरीक्षण
चुनाव र क्रिकेटको चपेटामा चलचित्र, ‘आ बाट आमा’ बाहेक सबै फ्लप
आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा होः अध्यक्ष घिसिङ
धनकुटामा मतदाता शिक्षा सुरु, विगतमा यस्तो थियो मत बदरको अवस्था
कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा






