काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५९२ मतसहित जित हासिल गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाउँदा नेपाली कांग्रेस उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गरिन् ।
२०७९ को निर्वाचन पनि श्रेष्ठले यही क्षेत्रबाट जित निकालेका थिए । यससँगै रास्वपाले तीन सीटमा जित हासिल गरिसकेको छ । रास्वपाले यसअघि काठमाडौं–१ र ६ मा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।
कांग्रेसले एक सीटमा जीत हासिल गरेको छ भने एमाले र नेकपाले खाता खोलेका छैनन् ।
तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)






