काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी विजयी बनेका छन् । उनले २४ हजार ८०८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार बुढाथोकीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गरेका छन् ।
यस्तै, उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २०१ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । २०७९ को निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङ ९कान्छाराम० ४७ हजार ९९ मत ल्याएर विजयी बनेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)






