काठमाडौं । काठमाडौं को कालिका स्थानमा रहेको नेपालयको ’आर’शालामा आयोजित पलेँटीमा दार्जिलिङका अग्रज गायक पवन गोले र संगीतकार रमेश गुरुङले आफ्ना चर्चित गीतहरू सुनाए । १४ वर्षपछि रमेशसँग प्रस्तुत भएका पवन गोलेले शनिवार बेलुका नयाँ पुराना गरी १६ वटा गीत प्रस्तुत गरे । जसमा रमेशको संगीतको आठ वटा गीत थिए ।
कार्यक्रममा प्रस्तुत हुने क्रममा पवनले आजभन्दा १४ वर्षअघि पहिलो पल्ट पलेँटीमा प्रस्तुत भएको सम्झना गरे । संगीतकार रमेश गुरुङ पनि आजभन्दा २० वर्ष पहिले पलेँटीमा संलग्न भएको स्मरण सुनाए । रमेशको भनाईमा सन् २०६२ सलामा उनी अग्रज कलाकार दावा ग्याल्मोलाई हार्मोनियममा साथ दिएर पलेँटीमा प्रस्तुत भएका थिए ।
कार्यक्रमको सञ्चालन पलेँटीका संयोजक तथा गायक संगीतकार आभासले गरेका थिए । उनले कार्यक्रमलाई दुई चरणमा विभाजन गरेर प्रस्तुत गरेका थिए। कार्यक्रमको थालनी कवि तथा गीतकार दिनेश अधिकारीको शब्दको गीत माटो मात्र देश होइन…बाट गरिएको थियो । दिवंगत संगीतकार दिव्य खालिङले धुन भरेको यस रचनामा सांस्कृतिक सिमाना देश सिमानाभन्दा बाहिर पनि फैलिएको हुन्छ भन्ने भाव बोकेको थियो ।
कार्यक्रमको पहिलो चरणमा संगीतकार रमेश गुरुङले धुन भरेका गीतहरू प्रस्तुत गरिएका थिए । संगीतकार रमेश गुरुङले धुन भरेका आठवटा गीतमा शास्त्रीय, लोक र समसामयिक शैलीको विविधता झल्कन्थ्यो ।
कार्यक्रमको दोस्रो चरणमा पवन गोलेले आफ्नो स्वरमा रेकर्ड भएर लोकप्रिय बनेका गीतका साथै केही नयाँ गीत पनि प्रस्तुत गरे । दोस्रो चरणको आरम्भमा पवनले छाडी जाने मायालु…बाट गरेका थिए ।
शनिबारको पलेँटीमा बाद्यवादनतर्फ हार्मोनियममा संगीतकार रमेश गुरुङ, किबोर्डमा सुनील सिंह नेपाली, बाँसुरीमा मिलन घिमिरे, ताल बाजाहरूमा मिलेश तण्डुकार र सुन्दरकुमार महर्जन, रिदम गिटारमा प्रवीण पुलामी मगर र बेस गिटारमा कृपेश लोहनीले गोलेलाई साथ दिएका थिए ।
सम्बन्धित समाचार
विष्णु विवेकको पुस्तक ‘घाटगाउँ’ अमेरिकामा पनि विमोचन
कर्णालीका लोक, नृत्य र नाटक नौमूलेमा प्रदर्शन हुने
‘पहिलो हाँसो’ को नयाँ संस्करण सार्वजनिक
राष्ट्रिय कौराहा सम्मेलन सुरु
‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने
‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो
एक मुठी बादलमा नारी स्वतन्त्रताको आवाज
ट्रम्पद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी






