सङ्खुवासभा । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका डा. अजुर्नकुमार कार्की निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पालाई पराजित गर्दै एमालेका कार्की निर्वाचित भएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कार्कीले १५ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी रास्वपाका शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् । कार्कीले रास्वपाका शेर्पालाई ६ सय ३६ मतान्तरले पराजित गरेका हुन् । रास्वपाका उम्मेदवारसँग भएको रोचक प्रतिस्पर्धामा एमालेका कार्कीले जित निकालेका हुन् ।
यसपटक १ लाख १९ हजार ६ सय ३० मतदाता रहेको सङ्खुवासभामा ६३ हजार ६ सय ३४ मत खसेको थियो । २०७९ को निर्वाचनमा एमाले राजेन्द्रप्रसाद गौतमलाई नेपाली काँग्रेसका दिपक खड्काले पराजित गरेका थिए ।
त्यसैगरी, २०७९ को विजेता काँग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २ सय ७१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ९ हजार ८ सय ५७ मतका साथ चौथो स्थानमा रहेकी छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार ८ सय १२ मत प्राप्त गरिन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा रहेका थिए ।






