सन्जिबले ल्याए छैन मलाई पीर

काठमाडौं । गायक सन्जीव पराजुलीले नयाँ गीत ‘छैन मलाई पीर’ को भिडियो दर्शकमाझ ल्याएका छन् । डान्सिङ नम्बरका गीत गाउन रुचाउने यि गायकले यसपटक पनि डान्सिङ भिडियो ल्याएका हुन् ।

यो गीतमा दीपक शर्माको शब्द र संगीत छ । गीतमा मोहित मुनालको एरेन्ज छ । उनले यो भिडियोको छायाँकन लकडाउन भन्दा केही समय अघि गरेका थिए ।

गीतको भिडियो निकै राम्रो बनेको छ । भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन् । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ ।

ग्रामीण परिवेशको लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । यो भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सन्जीवको स्वरमा रहेका गीतहरु ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायतका गीतहरु दर्शकले रुचाएका गीतमा पर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महाधिवेशन : पदाधिकारी चयन गर्नका लागि मतदान सुरु