सर्लाहीमा यु-१४ मधेस प्रदेश विधालय स्तरीय फुटबल प्रतियोगिता सुरु

सर्लाही ।सर्लाहीको हरिपुर नगरपालिकामा यु-१४ मधेस प्रदेश विधालय स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।अखिल नेपाल फुटबल संघ (एनफा) अनुसार मधेश प्रदेश फुटबल संघको आयोजना, हरिपुर नगरपालिकाको आर्थिक सहयोग र लक्ष्मी नाथ युवा क्लबको सहयोगमा साेमबारबाट मधेस प्रदेश विधालय स्तरीय १४ वर्ष मुनिका फुटबल प्रतियोगिता सुरु भएको हाे ।

विधालय स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र चौधरी र हरिपुरका नगर प्रमुख गोपाल पजियारले संयुक्त रुपमा गरेको हरिपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिए ।

हरिपुरमा जारी प्रतियोगितामा मधेस प्रदेशका पर्साबाहेक ७ वटा जिल्ला बाट ७ वटा महिला टिम र आठ वटै जिल्लाको आठ वटा पुरुष टिम गरि जम्मा १५ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनमा बिजेता टिम १४ वर्ष मुनिका विधालय स्तरीय राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा मधेश प्रदेश बाट सहभागीता हुनेछ ।

राष्ट्रिय स्तरको प्रतियोगितामा ७ वटै प्रदेशको टिम सहभागी हुने नेपाल फुटबल प्रशिक्षक संघका केन्द्रीय उपाध्यक्ष अर्जुन चौधरीले जानकारी दिए । प्रतियोगितामा ८ वटै जिल्लाको बिजेता टिमको सहभागीता रहेको छ। प्रतियोगिता फागुन ३० गते सम्म चल्ने आयोजकले जनाएको छ ।

पहिलो प्रतियोगितामा रौतहट र सप्तरी बिच कडा प्रतिस्पर्धा भएको थियो। रौतहटले ०-२ गोल गर्दै सप्तरीलाई पराजित गरेको छ । पहिलो खेलको प्रतियोगितामा म्यान अफ द म्याच अमीत गुरो बनेका थिए । दोस्रो खेल सर्लाही र पर्साबीच भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?