रौतहट । रौतहट–२ नेपाली कांग्रेसको गढ मानिदै आएको क्षेत्र हो । २०४८ सालको आम निर्वाचन देखि नै सो क्षेत्र कांग्रेसको गढ मानिदै आएको थियो । यस बर्षको प्रतिनिधिसभा सदस्यमा एकै परिवारका तेश्रो पुस्ताले आफनो बिरासत कायम राखेका छन । ति हुन डा. फिरदोस आलम ।
२०४८ सालको निर्वाचनमा निर्वाचित शेख इद्रिस आलमको नाति तथा पुर्वमन्त्री अफताब आलमका जेठो छोरा महमद फिर्दोस आलमले यस बर्षको निर्वाचनमा सहज रुपमै जित निकाल्न सफल भएका छन । डा. आलमले २९ हजार ५२५ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । आलमका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका किरण साहले १८ हजार ४४२ मत ल्याएका ल्याएका थिए ।
नेपाल प्रहरीको प्राविधिक प्रहरी निरिक्षक पदबाट राजीनामा दिएर पिताको विरासत सम्हाल्न राजनीतिमा आएका डा. फिर्दोश पूर्वमन्त्री मोहम्मद आफताब आलमका जेठा छोरा तथा शेख इद्रिसका नाति हुन्।
डा. फिर्दोश आलमले रौतहटको राजनीतिमा आफ्नो पैतृक विरासतलार्ई मात्र जोगाएका छैनन्, मधेश प्रदेशबाट नेपाली काग्रेसको बिउ जोगाउने प्रतिनिधि समेत भएका छन । मधेश प्रदेशबाट डा. आलम नेपाली काँग्रेसबाट निर्वाचित हुने एक मात्र प्रतिनिधि सभा सदस्य बनेका छन् ।
सो क्षेत्रमा २०७९ को निर्वाचनमा किरण साहले डा. फिर्दोसलाई पराजित गरेका थिए । अहिले फिर्दोसले किरण साहलाई पराजित गरेका छन । सो क्षेत्रबाट फिर्दोसका बुबा स्व.अफताब आलमले २०५२ सालको उपनिर्वाचन,२०५६ सालका आम निर्वाचन,२०६४ को संबिधान सभा सदस्य,२०७४ को प्रतिनिधिसभा सदस्यमा बिजयी भएका थिए । आलम पटकपटक मन्त्री समेत भएका थिए ।
पूर्वप्रधानमन्त्री माधब नेपाललार्ई चौथो स्थान
यस बर्षको निर्वाचनमा रौतहटबाट प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिएका पुर्वप्रधानमन्त्री माधब कुमार नेपाल देखि लिएर तिनजना पुर्वमन्त्री पराजित भएका छन । रौतहटको क्षेत्र नं. १ बाट उमेदवारी दिनुभएका माधब नेपालले चौथो स्थानमा पुगेका छन ।
रौतहट १ मा रास्वपाका राजेश चौधरी विजयी भएका छन्। चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी अजयकुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसबाट पूर्वमन्त्री अनिलकुमार झा ८ हजार ५७४ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् भने पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा चित्त बुझाएका छन् ।
एकपटक गौर नगरपालिकाको नगर प्रमुखमा मधेशवादी दलबाट निर्वाचित भएका एमालेका गुप्ता दुईपटक संविधान सभा र दुईपटक प्रतिनिधि सदस्यमा गरी चारपटक पराजित भएका छन्।
रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा पुर्वमन्त्री प्रभु साहलाई पराजित गदै रास्वपाका उमेदवार रबिन्द्र पटेल बिजयी हुनुभएको भएका छन ।अन्तिम मतगणना अनुसार पटेलले २७ हजार ३१८ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । उनका निकटतम प्रधिस्पर्धीमा जनता समाजबादी पार्टीका उमेदवार गोबिन्द चौधरीले ११ हजार ९५४ मत ल्याएका थिए ।
त्यस्तै २०६४ साल देखि सो क्षेत्रमा निर्वाचित हुदै आउनुभएका आम जनता पार्टीका अध्यक्ष तथा पुर्वमन्त्री प्रभु साहले भने ९ हजार ८९० मत प्राप्त गरेका थिए । यस्तै नेकपा एमालेका उमेदवार कुन्दन कुशवाहले छ हजार ६०५ मत,नेपाली कांग्रेसका उमेदवार रामकृपाल यादबले छ हजार ४२० मत प्राप्त गरेका थिए ।
सो क्षेत्रमा एक लाख ८ हजार ६९९ मत मध्ये ७६ हजार ६६९ मत खसेको थियो । खसेको मत मध्ये ६७ हजार ६७१ मत सदर भएको र आठ हजार ७५८ मत बदर भएको निर्वाचन अधिकृत कुशवाहले जानकारी दिए । रौतहट ४ मा रास्वपाका गणेश पौडेल निर्वाचित भएका छन् । पौडेलले ३६ हजार ८७६ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनालार्ई २१ हजार ११ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् । तिमल्सिनाले १५ हजार ८६५ मत प्राप्त गरेका थिए । २०७४ र २०७९ को निर्वाचनमा बिजयी भएका तिमलसिना यस बर्षको निर्वाचनमा भने हार ब्यहोर्नु परेको छ ।






