चितवनका वडा सदस्य चेपाङको निधन

सांकेतिक तस्वीर

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । मङ्गलबार राति १०ः३० बजे उपचारका क्रममा भरतपुर अस्पतलमा उनको निधन भएको हो ।

यही माघ २२ गते गाउँपालिका कार्यालय आएका उनी अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न गएका थिए । उनले लगातार वान्ता गर्न थालेपछि सोही दिन तत्काल गाउँपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पु-याइएको थियो ।

अचेत अवस्थामा अस्पताल पु-याइएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयमा आज सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् । चेपाङ तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए । उनको आज देवघाटमा अन्त्येष्टिको तयारी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन शाह अग्रस्थानमै