शम्भुजीतलाई विन्ध्यवासिनी लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौँ । १६ औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड यही २७ चैतमा काठमाडौँको नाचघरमा आयोजना गरिने भएको छ । यसै बिच आयोजक पक्षले १६औँ विन्ध्यवासिनी म्युजिक अवार्डमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारको घोषणा सोमबार गरेको छ ।

विन्ध्यवासिनी फाउन्डेसनको काठमाडौँमा बसेको सल्लाहकार समिति तथा कार्य समितिको संयुक्त बैठकले अवार्ड समारोहमा सम्मानित र पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ ।

समारोहमा संगीतकार शम्भुजीत बासकोटालाई एक लाख रुपियाँ नगद र सम्मानपत्रसहित ‘विन्ध्यवासिनी म्युजिक लाइफ टाइम एचिभमेन्ट अवार्ड २०८२’ बाट सम्मानित गरिने भएको छ ।

यस्तै सोही समारोहमा ५० हजार रुपियाँ सहित ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०८२’ बाट गीतकार विजय सिवाकोटीलाई सम्मान गरिने छ । गायक प्रेमध्वज प्रधानको नाममा स्थापित ‘प्रेमध्वज संगीत रत्न सम्मान’ बाट २५ हजार रुपैयाँ सहित गायिका रचना रिमाललाई सम्मानित गरिने भएको छ । यसै गरी लोक गायक झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–संगीत सम्मान २०८२’ बाट २५ हजार रुपैयाँसहित लोक दोहोरी गायक पशुपति शर्मालाई सम्मान गरिने पनि आयोजक पक्षले जनाएको छ । समारोहमा २५ हजार रुपैयाँ सहित पत्रकार पवन आचार्यलाई ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८२’ प्रदान गरिने छ ।

विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लीना रेग्मीका अनुसार यस वर्षबाट अवार्डको बिधा घटाइएको छ । उनका अनुसार यस वर्षबाट पब्लिक च्वाईस अवार्डसमेत जम्मा ११ विधामा यो अवार्ड प्रदान गरिने छ । यसै वर्षबाट हरेक अवार्ड विजेतालाई ट्रफीसहित ५ हजार रुपैयाँसमेत प्रदान गरिने पनि लीनाले जनाएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार