सुन्दरहरैंचामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न, सयौं लाभान्वित

सुन्दरहरैंचा (मोरङ) । गछिया जेसीसको आयोजनामा सुन्दरहरैंचा–३ स्थित लक्ष्मी नारायण मन्दिर परिसरमा सञ्चालन गरिएको एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठान को व्यवस्थापन तथा रामलाल गोल्छा आँखा अस्पताल को सहयोगमा सञ्चालन गरिएको उक्त शिविरबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिएका छन्।

सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा को प्रमुख आतिथ्यता तथा गछिया जेसीस वर्ष २०२६ का अध्यक्ष कमल ढुंगाना (कुन्दन) को अध्यक्षतामा शिविर आयोजना गरिएको हो।

एकै दिन सञ्चालन गरिएको उक्त शिविरमा आँखा जाँच, परामर्श सेवा प्रदान गर्नुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। शिविरबाट १५० जना भन्दा बढी सेवाग्राहीले लाभ लिएको आयोजक गछिया जेसीसले जनाएको छ।

शिविरमा बोल्दै अध्यक्ष ढुंगानाले छोटो समयमै ठूलो संख्यामा सेवाग्राहीलाई सेवा दिन पाएकोमा खुशी व्यक्त गरे। “एक दिनमै यति धेरै मानिसलाई सेवा दिन पाउनु हाम्रो लागि ठूलो उपलब्धि हो,” उनले भने, “आँखा स्वास्थ्यप्रति जनचेतना फैलाउन र आवश्यक सेवा उपलब्ध गराउन हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।”

त्यसैगरी प्रमुख अतिथि रमेश थापाले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। “एकदिने भए पनि यसको प्रभाव दीर्घकालीन हुन्छ,” उनले भने, “समयमै जाँच र उपचार पाउँदा धेरै मानिसको दृष्टि जोगिन सक्छ, जसले उनीहरूको जीवन सहज बनाउँछ।” उनले गछिया जेसीसको प्रयासलाई प्रशंसनीय भन्दै आगामी दिनमा अझ व्यापक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।

कार्यक्रमको सञ्चालन गछिया जेसीसका महासचिव निश्चल घिमिरेले गरेका थिए। आयोजकका अनुसार एकदिने शिविर भए पनि यसले स्थानीय स्तरमा उल्लेखनीय प्रभाव पारेको छ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

जय नेपाल पार्टीले तोक्यो केन्द्रीय सदस्यदेखि प्रदेश इन्चार्जसम्म