सेती प्रादेशिक अस्पतालः स्टाफ नर्स र अनमीको परीक्षा विवादमा, प्रश्नपत्र बाहिरिएको खुलासा

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रश्न पत्र परीक्षा अगाडि नै बाहिरिएको पाइएको छ । सेती प्रादेशिक अस्पतालले लिएको स्टाफ नर्स र अनमीको प्रश्न पत्र परीक्षा अगाडि नै बाहिरिएको खुलेकोे हो ।

सेती प्रादेशिक अस्पतालले चैत ७ गते शनिवार सञ्चालन गरेको स्टाफ नर्स र अनमीको परीक्षा पत्र परीक्षा अगाडि नै सार्वजनिक भएको बताइएको छ । शनिवार बिहान ९ बजेबाट स्टाफ नर्स र दिउँसो ३ बजेबाट अनमीको परीक्षा सञ्चालन गरिएको थियो । तर, अस्पतालको प्रश्न पत्रहरू टिकमार्गसहित पहिलै बाहिरिएको बताइएको छ । स्रोतले भनेको छ, ‘अनमी १८ सिटका लागि परीक्षा गरिएको हो। ७ गते दिउँसो ३ बजेदेखि परीक्षा थियो । तर, ३ बजे अगाडि नै प्रश्न पत्र बाहिरिएको छ ।’

परीक्षा सञ्चालन समितिका संयोजकसमेत रहेका सेती अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेको फोन बन्द रहेको छ । आफू बिरामी भएको भन्दै उनले आइतवार फोन मार्फत डाक्टर खगेन्द्र भट्टलाई निमित्त दिएका छन् । निमित्त मेसु डाक्टर भट्टले परीक्षाको विषयमा कुनै जानकारी नभएको बताए । परीक्षा सञ्चालन समितिको सदस्यसमेत रहेका सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले परीक्षा पूर्ण रूपमा निष्पक्ष रूपमा सञ्चालन गरिएको दाबी गरेका छन ।

उनले भने, ‘परीक्षा पूर्ण रूपमा फेयर भएको छ। लोकसेवाको परीक्षा भन्दा कम छैन। प्रश्न पत्र बाहिरिएको भन्ने निराधार कुरा हो । कसैको स्वार्थ पूरा नभएर भनेको होला । कसैले गलत मनसायले हल्ला फैलाएको होला ।’

सेती अस्पतालमा २१ जना नयाँ स्टाफ नर्स भर्नाका लागि परीक्षा लिइएको थियो। परीक्षामा सहभागी भएका ३९ जना उत्तीण भएका छन् । चैत १२ गते बिहानदेखि अन्तर्वार्ताको समय तोकिएको छ। अस्पतालले १८ सिट अनमीका लागि परीक्षा सञ्चालन गरेको थियो । अनमी तर्फ २८ जना लिखित परीक्षामा उत्तीण भएका छन्। उनीहरूको चैत १८ गते बिहान १० बजेदेखि अन्तर्वार्ता रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु