पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक निवासबाटै पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । शनिबार बिहान अध्यक्ष ओलीलाई आफ्नै निवास गुण्डु र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको हो । उनीहरु दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

सूर्य विनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५:०० बजे गुण्डु पुगेका थियो ।

यसैगरी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएको घरबाट लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

ओलीविरुद्ध उपाध्यक्ष पौडेल संस्थागत रुपमै सक्रिय