धनगढीमा सञ्चालन भएको नि:शुल्क पाठेघरको मुखको क्यान्सर परीक्षणमा पहिलो दिन १६९ महिलाले सेवा लिए

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरूमा प्रजनन स्वास्थ्य एकीकृत रोग नियन्त्रण कार्यक्रमअन्तर्गत एचपिभी डिएनए विधिमार्फत पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालनमा आएको छ ।

आइतबार (चैत १५ गते)देखि सुरु भएको उक्त अभियानअन्तर्गत वडा नम्बर ७ बेलीमा आयोजित शिविरमा १६९ महिलाहरूले सेवा लिएका छन् ।

महिलाहरूमा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गरी रोकथाम गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमप्रति स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।

स्वास्थ्यकर्मीहरूले यो परीक्षण विधि प्रभावकारी र भरपर्दो रहेको बताउँदै नियमित परीक्षणमार्फत क्यान्सरको जोखिम कम गर्न सकिने बताएका छन् । साथै, आगामी दिनहरूमा पनि अन्य वडाहरूमा यस्ता शिविरहरू सञ्चालन गरिने जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाले नियमित चाैथाे वर्ष पनि महिलाको प्रजनन स्वास्थ्य सुदृढीकरण गर्ने उद्देश्यले ‘प्रजनन स्वास्थ्य एकीकृत रोग नियन्त्रण कार्यक्रम’ अन्तर्गत एचपिभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) परीक्षण सम्बन्धी निःशुल्क शिविर सञ्चालन गर्न सुरू गरेको छ ।

नगर कार्यपालिकाको कार्यालयकाअनुसार उक्त शिविर यहि चैत १५ गतेदेखि २६ गतेसम्म विभिन्न वडाहरुमा बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

आज सातवटै प्रदेशको बजेट आउँदै