भोलि १ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाइयो

काठमाडौं । संघीय संसद् सचिवालयले भोलि बुधबार अपराह्न १ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसदमा प्रतिनिधित्व गरेका सबै दललाई भोलि बुधबार अपराह्न १ बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको बताए ।

हिजो सोमबारको मन्त्रिपरिषद बैठकले सिफारिस गरेबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार अपराह्न २ बजे बस्नेगरी संघीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरिसकेका छन् ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ । प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलको सहभागिता छ ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान