सर्लाही । सर्लाहीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीको हरिपुर नगरपालिकामा ७ जना र ब्रह्म्पुरी गाउँपालिकामा ३ जना गरी एकै दिन १० जनामा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।
हरिपुर नगरपालिका वडा नं. ९ मा ५०, ३४, १५ र १७ वर्षिय गरी ४ जनामा संक्रमण देखिएको छ । वडा नं. ३ फरहदवामा २ जना र वडा नं. ४मा १ जना गरी जम्मा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हरिपुर नगरपालिकाले जनाएको छ ।
संक्रमित ७ जना सम्बन्धित वडाकै क्वारेन्टाईनमा बसेको नगरपालिकाले जनाएको छ । हरिपुर नगरपालिकामा विभन्न क्वारेन्टाईनमा हाल सम्म १ सय ४९ जना भारतको विभिन्न ठाउँहरु बाट आएका छन् र उनिहरु विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाईनमा बस्दै आएका छन् ।
त्यसैगरी ब्रम्हपुरी गाउँपालिका स्थित रामबिलास प्रा.वि.को क्वारेन्टाईनमा रहेका वडा नं. २ का ४८, वडा नं. ३ का २८ र वडा नं. ७ का २५ वर्षिय पुरुषहरु गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।






