काठमाडौं । लुम्बिनी प्रदेश सभाकी सांसद रेखा शर्मा रिहा भएकी छन्। आइतबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएको हो।
आफ्नै घरमा काम गर्ने बालिकालाई यातना दिएको नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद शर्मा चैत १५ गते पक्राउ परेकी थिइन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौंको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो।
डेढ एक वर्षअघि नै शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो। ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रमशोषण गरेको आरोप थियो।
ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताइएकी थिइन्। उनको अवस्था पनि खराब देखिएपछि त्यतिबेला काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्रीद्वारा ५ सल्लाहकार नियुक्त
पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग
देशभर सडकमा एमाले, सिंंहदरबारदेखि वडासम्म आन्दोलन
पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा रिहा गर्न अस्वीकार
राष्ट्रपतिसमक्ष सभामुख अर्यालले लिए शपथ
ओली र रमेश लेखकको म्याद ५ दिन थप






